राजन केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजन केसी नेपालको संविधान सभा-२मा निर्वाचित सभासद् हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ जिल्ला क्षेत्र नं. १०बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।[१][२]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

केसीको जन्म काठमाडौँको चोभारमा भएको हो। अर्थशास्त्रमा एमए गरेका केसीका बाबू सरकारी राइटर हुन्। उनी परिवारमा कान्छा हुन् ।

राजनीतिक यात्रा[सम्पादन गर्नुहोस्]

केसीले छयालीस सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका थिए। २०४७ सालमा उनी नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति बनेका थिए। २०४९को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २को वडाअध्यक्ष निर्वाचित भएपछि काठमाडौँ जिल्ला विकास समितिको सदस्य निर्वाचित भए। २०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नगर समिति सदस्यमा निर्वाचित भएका केसी २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति निर्वाचित भएका थिए। अहिले उनी नेपाली कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय समिति अन्तर्गत स्थानीय निकाय विभागका सदस्य छन्।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ [१] सेतोपाटी
  2. प्रचण्ड काठमाडौँ १०मा पराजित रातोपाटी अनलाईन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]