राजा राममोहन राय
राजा राममोहन राय (२२ मई १७७२– २७ सितंबर १८३३) लाई भारतीय पुनर्जागरण को अग्रदुत र आधुनिक भारतको जनक पनि भन्ने गरिन्छ। भारतीय सामाजिक र धार्मिक पुनर्जागरण को क्षेत्रमा उनको विशिष्ट स्थान रहेको छ। राजा राममोहन राय ब्रम्ह समाजको संथापक , भारतीय भाषाको प्रेसका प्रवर्र्तक , जनजागरण र सामाजिक सुधार आन्दोलनका प्रणेता तथा बङ्गालमा नव–जागरण युगका पितामह थिए।[१] उनले भारतीय स्वतन्त्रता सङ्ग्राम र पत्रकारिता को कुशल संयोगले दुई वटै क्षेत्रमा राम्रो गति दिएका थिए। राजा राममोहन रायको आन्दोलनले जहाँ पत्रकारितालाई चमक दिएका थिए त्यहीं उनको पत्रकारिताले आन्दोलनलाई सहि दिशानिर्देशन गरेको थियो। राजा राममोहन रायको दूरदर्शिता र बैचारिकताका सयौँ उदाहरण इतिहासमा उल्लेख गरिएका छन्। हिन्दी भाषा प्रति राजा राममोहन रायको धेरै स्नेह थियो।
जीवनी
[सम्पादन गर्नुहोस्]राजा राममोहन रायको जन्म बङ्गालमा सन् १७७२ मा एक ब्राहम्ण परिवारमा भएको थियो। किशोरावस्थामा उनले धेरै ज्ञान हासिल गरेका थिए। किशोरावस्थामा उनले धेरै भ्रमणहरू गरेका थिए। राजा राममोहन रायले १८०३–१८१४ सम्म ईष्ट इन्डिया कम्पनीको लागि काम पनि गरेका थिए। उनले ब्रम्हा समाजको स्थापना गरेर तथा विदेश (इंग्लैण्ड तथा फ्रान्स) को भ्रमण पनि गरेका थिए।
भाषा अनुवाद
[सम्पादन गर्नुहोस्]उपनिषद्, अङ्ग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अङ्ग्रेजी, र फारसीका विद्वान राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्,जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ। बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन्। समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बङ्गाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो।
पत्रकारिता
[सम्पादन गर्नुहोस्]राजा राममोहन रायले “ब्रम्हामैनिकल म्याग्जिन” , “संवाद कौमुदी”, मिरात–उल–अखबार, बंगदूत जस्ता स्तरिय पत्रपत्रिकाका सम्पादन–प्रकाशन पनि गरेका थिए। बंगदूत एउटा अनौठो पत्रिका थियो। यो पत्रिकामा बङ्गला, हिन्दी र फारसी भाषाको एक साथै प्रयोग गरिने गरिन्थयो। राजा राममोहन रायका जुझारु र सशक्त व्यक्तित्व प्रदान गरने खालका लेख रचनाहरू हुने गर्थे।
कुरीतिहरूको विरुद्ध सङ्घर्ष
[सम्पादन गर्नुहोस्]राजा राममोहन रायले ईस्ट इन्डिया कम्पनी को नोकरी छोडेर, उनले आफुलाई राष्ट्र सेवक को रूपमा पस्तुत गरेका थिए। भारतको स्वतन्त्रता प्राप्तिको लडाइँ बाहेक उनको लडाइ देश भित्रका नागरिकसँग पनि थियो। जुन मानिसहरू अन्धविश्वास र कुरीतिहरूमा अल्झेका थिए। राजा राममोहन रायले देशमा विध्यमान बाल – विवाह , सती प्रथा, जातिवाद, कर्मकाण्ड, पर्दा प्रथा आदि को धेरै विरोध गरेका थिए। प्रचारको क्षेत्रमा अलेक्जेंडर डफले धेरै सहायता गरेका थिए। आधुनिक भारतको निर्माता, सबै भन्दा बढी सामाजिक – धार्मिक सुधार आन्दोलनहरूको संस्थापक, ब्रम्ह समाज, राजा राम मोहन राय सती प्रणाली र सामाजिक कुरीतिहरूको उन्मुलनमा उनको महत्त्वपूर्ण योगदान रहेको छ।