रानीकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रानीकोटबाट देखिएको दृष्य
रानीकोटबाट देखिएको दृष्य

रानीकोट भक्तपुर जिल्लाको दक्षिणमा अवस्थित छ। भक्तपुर जिल्लाको दृष्यावलोकन गर्न सकिन्छ साथै काठमाण्डौ तथा ललितपुरको पनि दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट सुन्दर हिमशृङ्खला, सुर्योदय तथा सुर्याष्ट पनि अवलोकन गर्न सकिन्छ । प्रकृति प्रेमी पर्यटक तथा नेपालीहरुकै लागि पनि रानीकोट महत्त्वपूर्ण गन्तव्य हुन सक्छ । भक्तपुरको सुर्यविनायकबाट १० किलोमिटर यात्रा पछि रानीकोट पुग्न सकिन्छ । जिप तथा मोटरसाइकलको प्रयोग गर्दा यात्रा अझ रमाइलो हुन्छ । यात्राको समयमा विभिन्न खालका चरा चुरुङ्गीका साथै वन्यजन्तुहरु पनि देख्न सकिन्छ ।