रामघाट मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि दुई किलोमिटर उत्तर वाणगंगा नदी किनारमा अवस्थित राम-जानकी मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णीमाका दिन एकदिने रामघाट मेला लाग्छ। नदीमा स्नान गरी गौ दान र पूजाआजा गर्न मन्दिरमा ठूलो घुईचो लाग्छ। उक्त धार्मिक कार्य गरेमा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास छ। मेला भर्न कपिलवस्तु, अर्घाखाँची, दाङ र रूपन्देहीका अतिरिक्त भारतबाट समेत श्रद्धालु भक्तजन आउँछन्। उक्त नदीका सम्बन्धमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न वाण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्वदन्ती छ।