राष्ट्रिय समाचार समिति
व्यवसाय प्रकार | समाचार समिति |
---|---|
स्थापित | ४ डिसेम्बर १९६२ |
केन्द्रीय कार्यालय | काठमाडौँ, नेपाल |
वेबसाइट | www |
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो। समाचारपत्र प्रेषण र समाचार प्रसारण गर्न दुई वटा निजी समाचार समिति गाभिएर वि. सं. २०१८ मा राष्ट्रिय समाचार समिति ऐन, २०१९ बमोजिम यसको स्थापना गरिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपालमा वि.सं. २०१६ भन्दा पूर्व कुनै संवाद समितिहरू थिएनन्। २०१६ साल पुस १ गते 'निष्पक्ष तवरमा समाचारको सङ्कलन र वितरण गर्ने' उद्देश्यले 'नेपाल संवाद समिति'को स्थापना भएको थियो। यो संवाद समिति २०१७ साल फागुन ६ सम्म चालू रह्यो। निष्पक्ष तवरमा समाचारको सङ्कलन र वितरण गर्ने उद्देश्यले पुनः २०१७ साल वैशाख ३० गते 'सगरमाथा संवाद समिति'को स्थापना भएको थियो। यो संवाद समिति पनि २०१७ साल फागुन ६ सम्म चालू रह्यो।
२०१८ साल फागुन ७ गते राष्ट्रिय संवाद समितिका नामले हालको राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो[१]। तर राष्ट्रिय समाचार समिति ऐन, २०१९ भने २०१९ साल मंसिर १९ गते मात्र लागू भएको हो। राष्ट्रिय समाचार समिति ऐन, २०१९मा राष्ट्रिय समाचार समितिको उद्देश्य यसरी व्याख्या गरिएको छ- 'नेपाल अधिराज्य भित्रका र विदेशका समेत निष्पक्ष एवं आधिकारिक समाचार तथा सूचना देशबासी तथा विदेशीले पनि जानकारी पाउन र अधिराज्यमा एकताको भावनाको वृद्धिको साथै ठोस जनमतको सृजनामा मद्दत होस् भन्ने हेतुले देश तथा विदेशमा पूर्ण तथा वास्तविक समाचार एवं सूचनाको खोजी गरी प्राप्त भएका समाचार र सूचना प्रयोगकर्ताहरूमा वितरण गर्नुका साथै समाचारहरूको समुचित आदान-प्रदानसमेत गर्न एक राष्ट्रव्यापी राष्ट्रिय समाचार समितिको गठन र त्यसको स्वस्थ एवं मजबूत जग बसाल्न व्यवस्था गर्ने।
स्वर्ण महोत्सव
[सम्पादन गर्नुहोस्]वि.सं. २०१८ मा स्थापना भएको राष्ट्रिय समाचार समितिले वि.सं. २०६८ मा ५० वर्ष पुरा गरेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- राष्ट्रिय समाचार समिति = Archive.today अभिलेखिकरण २०१४-१०-२१ मिति