राष्ट्रिय सूचना प्रविधि केन्द्र (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल सरकार
नेपाल सरकार

राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC), काठमाडौँ सिंहदरवारमा रहेको छ र यसको स्थापना सन् २०००मा भएको थियो । सूचना नीति सन् २००० अनुसार विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ,नेपालमा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनको लक्ष्य लिएर स्थापना भएको थियो । हाल यो नेपाल सरकारको केन्द्रीय इन्टरनेट सेवा प्रदायक (ISP)को रूपमा कार्य गरिरहेको छ । यसले सिंहदारबारको विद्युतीय प्रवेशद्वारको पनि व्यस्थापन गरिरहेको छ र सिंहदरबार भित्र विभिन्न मन्त्रालयहरू तथा विभागहरूको वीचमा रहेको फाइबर अप्टिक्सको व्यवस्थापन पनि गर्दै आइरहेको छ । यसको टेलिसेन्टर निर्माणको पनि उदेश्यरहेको छ र सरकारी कर्मचारीहरूलाई साधारण सूचना प्रविधि साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दै आइरेको छ । यसले विद्युतीय सरकारको अवधारणा विकास तथा मुहुर्ततामाकार्य गरेको छ जसले देशमा सरकारी काम तथा कार्यवाहीहरूलाई जनता समक्ष पारदर्शी किसिमले प्रवाह गर्न सकिने छ र सरकार र जनता (G2C), सरकार र व्यवसायीक सङ्गठनहरू (G2B)सरकारका विभिन्न अङ्गहरू(G2G) बीच समन्वयको स्थिति निर्माणमा टेवा पुर्याउने छ ।

जिम्मेवारी[सम्पादन गर्नुहोस्]

  • सुचना तथा सञ्चार प्रविधि सम्बन्धी नीति-नियमहरु लागु गर्ने ।
  • नेपाल सरकारलाई कम्प्युटर सम्बन्धी सम्पुर्ण कार्यहरूमा सघाउने ।
  • सरकारका सम्पुर्ण निकाय तथा संस्थानहरूको वेभसाईट निर्माण गर्न र तीनको समयानुकुल सञ्चालन गर्ने ।
  • सुचना तथा सञ्चार प्रविधिको विकास तथा प्रयोगमा एकरुपकता ल्याउने ।
  • नेपालमा सुचना तथा सञ्चारको अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरूमा टेवा पुर्याउने ।
  • नेपाल सरकारको आवश्यकता बमोजिम सुचना तथा संञ्चार प्रविधिको विकासका निम्ती कार्य गर्ने ।
  • राष्ट्रिय स्तरमा सुचना प्रविधिको विकासका निम्ती तथ्याङ्कहरु सङ्कलन गर्ने र Data Depository र Information Bank को काम गर्ने ।
  • नेपाल सरकारका निकाय तथा सङ्घ-संस्थाहरूमा कम्प्युटर तथ्याङ्क प्रणाली व्यवस्थापन तथा प्रवर्ध्दन गर्ने

यिनै कर्तव्य तथा जिम्मेवारिहरूको दायराभित्र रही सुचना प्रविधि केन्द्रले e-government का लागि गुरु योजना (e-Goverment Master Plan) बनाई अधी बढिरहेको छ ।तेस्तै यसले टेलिसेन्टरहरूको व्यवस्थापन, प्रवर्ध्दनरा सुदृढिकरण ,मानव श्रोत र संसाधनको विकास , अनुसन्धान तथा खोजमुलक कार्य ,तालिम प्रशिक्षण तथा परामर्श दिने तथा अन्य सङ्घ-संस्था तथा निकायहरूसँग सहकार्य गरी सुचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्ध्दनमा टेवा पुर्याउँदै आएको छ ।

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सूचना प्रविधि केन्द्र
एकिकॄत सरकारी तथ्याङ्क केन्द्र भबन
गृह मन्त्रालय नजीक
सिहदरवार, काठमाण्डौ, नेपाल
फोन: ९७७-१-४२११९१७, ४२११७१०
फ्याक्स: ९७७-१-४२४३३६२
ईमेल: info@nitc.gov.np

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सूचना प्रविधि केन्द्र वेब्याक मेसिन अभिलेखिकरण २००९-११-२२ मिति