रासायनिक सङ्केत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


रासायनिक तत्वहरूको नामको संक्षिप्त रूपलाइ रासायनिक सङ्केत भनिन्छ । उदाहरणको लागि, तल एक रासायनिक प्रतिक्रियालाई साङ्केतिक रूपमा अभिव्यक्त गरिएको छ। यसमा हाइड्रोजनलाई H र अक्सिजनलाई O अक्षरले जनाइएको छ।

2H2 + O2 → 2H2O
एक रासायनिक सङ्केतको टिप्पणीयुक्त उदाहरण

रासायनिक सङ्केतहरु सामान्यतया ल्याटिन वर्णका एक अथवा दुई अक्षरमा लेखिन्छन्। कुनै तत्वहरु जुन प्राचीन समयदेखि नै परिचीत थिए, यस्ता रासायनिक तत्वहरुका सङ्केतहरु ल्याटिन र ग्रिक शब्दभण्डारबाट लिइएको थियो। उदाहरणका लागि, Pb सङ्केत सिसा वा लिडको (ल्याटिन शब्द plumbum बाट) लागि प्रयोग हुन्छ; Hg सङ्केत पारोको (ग्रिक शब्द hydrargyrum बाट) लागि प्रयोग हुन्छ। पछि पत्ता लगाइएका तत्वहरूलाई भने प्राय: अङ्ग्रेजी शब्दकै सुरुका अक्षरहरूले सङ्केत जनाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]