रेबिज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेबिज रोग लागेको कुकुर

रेबिज (अङ्ग्रेजी: Rabies) पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै :- स्याल, ब्वाँसो, फ्याउरो आदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ। यो रोग प्रायश: कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई "पानीबाट डराउने रोग" वा हाइड्रोफोबिया पनि भनिन्छ। रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ। रोगी जनावरको र्‍यालद्वारा घाउ मार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।

२०१५ मा रेबिजको कारणले विश्वभरी १७,४०० मानव मृत्यु भयो ।[१] रेबिजबाट हुने मानव मृत्युको ९५% अफ्रिका र एसियाबाट रहेका छन् ।[२] यो रोग लागेका लगभग ४०% बालाबच्चाहरू १५ वर्ष मुनिका उमेरका रहेका छन्।[३] रेबिज १५० भन्दा बढी देशहरूमा र अन्टार्टिका बाहेक सबै महादेशमा देखा परेको छ ।[२] रेबिज देखा परेको क्षेत्रमा विश्वको ३ अर्ब भन्दा अधिक मानिसहरू बसोबास गर्छन् ।[२] अस्ट्रेलिया र जापान, सहित पश्चिम युरोपमा धेरै देशहरूमा कुकुरमा रेबिज देखिएको छैन ।[४][५] धेरै प्रशान्त टापुहरूमा रेबिज छैन।[५] I

संक्रमण हुन सक्ने जीवहरु[सम्पादन गर्ने]

चरा वा स्तनधारी वर्गका यी जनावर, जसलाई लाईसा नामक भाइरसको सङ्क्रमण छ, त्यस्ता जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको सङ्क्रमण हुन्छ ।मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यो कुरा कुन जनावरले टोेकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ ।

गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ ।

स्तनधारी प्राणी र चरा हरूले आफ्नो शरीरको तापक्रम लाई बाह्य वातावरण अनुसार सधै सन्तुलनमा राख्ने भएकोले भाइरस लाई अनुकुल अवस्था उत्पन्न हुन्छ तर सर्प, माछा जस्ता जीव हरूमा यो क्षमता नहुने भएकोले उनी हरूमा लाईसा भाइरसको असर रहदईन त्यसईले त्यस्ता जीव हरू यो रोग वाट मुक्त हुन्छन् ।

सर्ने तरिका[सम्पादन गर्ने]

रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरू सँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ। रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ। रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ।

लक्षण[सम्पादन गर्ने]

पानीसँग डराएका एक रेबिज बिरामी

रेबिज रोग लागेको जनावरहरूमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो ।

गाई र भैंसी[सम्पादन गर्ने]

धेरै चनाखो हुने, छट्पटीने, विना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढी रहने, आँखा राता देखिने र अरु स्वास्थ पशु भन्दा भिन्नै लक्षणहरु देखाउने

कुकुर[सम्पादन गर्ने]

रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिँड्दछ। यस्तो कुकुरलाई अरु कुकुरहरूले देखेमा भुक्छन्। रोगी कुकुर पनि भुक्न खोज्छ तर सास सुकेको हुन्छ र भुक्दा सास आँउदैन। रेबिज रोग लागेको कुकुरले मुखबाट र्‍याल फाल्दै हिडेको देखिन्छ।

मानिस[सम्पादन गर्ने]

रेबिज रोग लागेको मान्छे पानीवाट डराउँछ। रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ। लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् ।

पहिलो अवस्था- टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

दोस्रो अवस्था- चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग / जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था- र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हँुदै मृत्यु हुन्छ ।

असर[सम्पादन गर्ने]

रेबिज रोगको असर दिमागमा पर्छ। यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ। रेबिज रोग लागेको कुकुर, रोग देखा परेको १४ दिन भित्र मर्छ। रेबिजको लक्षण देखिएपछि व्यक्ति तीनदेखि १० दिनभित्रमा शतप्रतिशत मर्दछन्। विश्वमा अहिलेसम्म रेबिज लागेकामध्ये एक जनामात्र बाँचेको पाइएको छ ।[६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Global, regional, and national life expectancy, all-cause mortality, and cause-specific mortality for 249 causes of death, 1980-2015: a systematic analysis for the Global Burden of Disease Study 2015", Lancet 388 (10053): 1459–1544, अक्टोबर २०१६, डिओआई:10.1016/s0140-6736(16)31012-1, पिएमआइडी 27733281, पिएमसी 5388903 
  2. २.० २.१ २.२ "Rabies Fact Sheet N°99", World Health Organization, जुलाई २०१३, मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४ 
  3. "Rabies: The Facts", World Health Organization, मूलबाट २४ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१७ 
  4. WHO Expert Consultation on Rabies : second report. (2 संस्करण), Geneva: WHO, २०१३, पृ: ३, आइएसबिएन 9789241209823, मूलबाट २० अक्टोबर २०१४-मा सङ्ग्रहित। 
  5. ५.० ५.१ "Rabies-Free Countries and Political Units", CDC, मूलबाट ५ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१९ 
  6. https://www.scientificamerican.com/article/jeanna-giese-rabies-survivor/#:~:text=Four%20years%20after%20she%20nearly,without%20receiving%20a%20preventative%20vaccine.

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]