रोजा सालाजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोजा सालाजार
Rosa Salazar
सन् २०१५ सान डिएगो कमिक-कनमा सालाजार
जन्मरोजा बियान्का सालाजार
(1985-07-16) १६ जुलाई १९८५ (उमेर ३८)
क्यानडा
पेशाअभिनेत्री
कार्यकालसन् २०१०–वर्तमान

रोजा बियान्का सालाजार (/ˈsæləzɑːr/; जन्म जुलाई १६, १९८५) एक क्यानडेली अभिनेत्री हुन्। उनको एनबीसी शृङ्खला पेरेन्टहुड (सन् २०११–२०१२) र एफएक्स एन्थोलोजी शृङ्खला अमेरिकन हरर स्टोरी: मर्डर हाउस (सन् २०११) मा भूमिका थियो। उनी चलचित्र अलिता: ब्याटल एन्जिल (सन् २०१९) मा शीर्षक पात्रको रूपमा चित्रित गर्नको लागि परिचित छिन्।

सालाजार द डाइभर्जेन्ट सिरीज: इनसर्जेन्ट (सन् २०१५), मेज रनर: द स्कर्च ट्रायल्स (सन् २०१५) र मेज रनर: द डेथ क्योर (सन् २०१८) देखा परिन् र नेटफ्लिक्स चलचित्रहरू द किंडरगार्टन टिचर(सन् २०१८) र बर्ड बक्स (सन् २०१८) मा पनि देखा परिन्। उनी हाल अमेजन प्राइम शृङ्खला अनडोन (सन् २०१९–वर्तमान) मा अभिनय गर्दैछिन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

रोजा बियान्का सालाजारको जन्म जुलाई १६, १९८५ मा क्यानाडामा भएको थियो।[१][२][३] उनी पेरुभियन र फ्रान्सेली मूलकी हुन्।[४][५] उनी वासिङ्टन, डी.सी. र नजिकैको ग्रीनबेल्ट, मेरील्याण्डमा हुर्केकी छिन्।[६] सालाजारले ग्रीनबेल्टको एलेनोर रुजवेल्ट हाई स्कूलमा पढेकी थिइन्, र स्कूल थिएटर कार्यक्रममा सक्रिय थिइन्।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Wickman, Kase, "13 Things You Didn’t Know About The Breakout Awesomeness That Is Rosa Salazar", MTV News (अङ्ग्रेजीमा), मूलबाट सेप्टेम्बर १०, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०६-०७ 
  2. "Rosa Salazar: Movies, Photos, Videos, News, Biography & Birthday | eTimes", timesofindia.indiatimes.com, मूलबाट फेब्रुअरी २२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०६-०७ 
  3. "Rosa Salazar Wiki - Net Worth, Dating, Boyfriend, Bio, Height, Age", Ranked Wiki (अङ्ग्रेजीमा), २०१८-११-२०, मूलबाट २०१८-१२-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-०४ मिति
  4. "Rosa Salazar: From "Abbreviated" 'Bird Box' Role to James Cameron's 'Alita'", The Hollywood Reporter, जनवरी ११, २०१९, मूलबाट जनवरी १४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १५, २०१९ 
  5. https://www.youtube.com/watch?v=63W4pfU8l9A&t=21
  6. Yamato, Jen (जनवरी १०, २०१९), "Meet Rosa Salazar, the 'Bird Box' star who lends heart and soul to 'Alita: Battle Angel'", The Los Angeles Times, मूलबाट जुलाई ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ५, २०१९ 
  7. "Yes, That Was Rosa!", Greenbelt News Review, अक्टोबर ६, २०११, मूलबाट सेप्टेम्बर २४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १६, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]