लक्की शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लक्की शेर्पा अस्ट्रेलियाको लागि नेपाली पुर्व राजदुत (२०७४ असार १३- २०७५ माघ १८) हुन् । [१][२][३][४][५] उनी सीमान्तकृत समुदायबाट राजदुतको रूपमा नियुक्त हुने प्रथम महिला हुन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए।[६] उनी पहिलो संबिधान सभा (२०६५-२०७० ) तथा व्यवस्थापिका संसदको सदस्य समेत हुन् । संसदमा उनी अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको सदस्य समेत थिइन् ।

राजदुत[सम्पादन गर्नुहोस्]

माओवादी सहितको शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले उनलाई माओवादीको कोटाबाट राजदूत नियुक्त गरेको थियो ।[७] उनले २०७४ असार १३ गते मा अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष मंगलवार यहाँ आयोजित एक औपचारिक कार्यक्रम वीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरिकी थिइन् । राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लागेपछी नेपाल सरकारले उनलाई बर्खास्त[६] गरेको थियो। आफैले सवारी चालक तथा भान्छेका रुपमा अष्ट्रेलिया लगेकी वाङ्छु शेर्पाले मानव बेचबिखनमा संलग्न रहेको आरोपबाट सफाई अहिले सम्म पाएकी छैनन्।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "You are Nepal's resources, ambassador Lucky Sherpa reminds Nepalese Australians", Southasia.com.au, ७ जुलाई २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१७ मिति
  2. "Lucky Sherpa appointed Nepali Ambassador to Australia", Thehimalayantimes.com, १८ मे २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१७ 
  3. 1111, Australian Government Department of Foreign Affairs and Trade, R.G. Casey Building, John McEwen Crescent, Barton ACT 0221 Australia Tel: +61 2 6261, "Search results", Protocol.dfat.gov.au, अन्तिम पहुँच १७ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१७ मिति
  4. "Lucky Sherpa appointed ambassador to Australia", Setopati.net, अन्तिम पहुँच १७ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१७ मिति
  5. "Lucky Sherpa - IUCN World Parks Congress", Worldparkscongress.org, अन्तिम पहुँच १७ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०१७ मिति
  6. ६.० ६.१ "अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त, गुप्तचर प्रमुख पनि हटाइए", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०२-१८ 
  7. २१ देशमा राजदूत सिफारिस