सामग्रीमा जानुहोस्

लङ्का प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लङ्का प्रिमियर लिग
राष्ट्रहरूश्रीलङ्का
प्रशासकश्रीलङ्का क्रिकेट
स्वरूपट्वान्टी२०
पहिलो प्रतियोगिता२०२०
पछिल्लो प्रतियोगिता२०२४
आगामी प्रतियोगिता२०२४
प्रतियोगिता स्वरूपराउन्ड रोबिन र प्लेअफ
टोली सङ्ख्या
वर्तमान विजेताजफना किङ्स (३औँ उपाधी)
सबैभन्दा सफलजफना किङ्स (३ उपाधी)
सर्वाधिक रनअविस्का फर्नाण्डो (९२६)[]
सर्वाधिक विकेटवनिन्दु हसरंगा (३८)[]
वेबसाइटlplt20sl.com

लङ्का प्रिमियर लिग (सङ्क्षिप्त रूपमा एलपिएल; सिंहला: ලංකා ප්‍රිමියර් ලීග්, तामिल: லங்காபரக்காபரம்), २०२० बाट श्रीलङ्काका पाँचवटा शहरहरूको प्रतिनिधित्व गर्ने टोलीहरूद्वारा प्रत्येक वर्ष ट्वान्टी-२० ढाँचामा खेलाइने व्यावसायिक क्रिकेट लिग हो। लिग श्रीलङ्का क्रिकेट (एसएलसि) द्वारा २०१८ मा स्थापना गरिएको थियो। अगस्ट २०२० मा, एसएलसीका उपाध्यक्ष रविन विक्रमरत्नेलाई आधिकारिक रूपमा प्रतियोगिताको निर्देशकको रूपमा नियुक्त गरिएको थियो। मे २०२२ मा, सामन्था डोडनवालालाई आधिकारिक रूपमा एलपिएल टूर्नामेन्ट निर्देशकको रूपमा नियुक्त गरिएको थियो।

सुरुमा, पहिलो संस्करण १८ अगस्टदेखि १० सेप्टेम्बर २०१८ सम्म आयोजना हुने भनिएको थियो, तर एसएलसी भित्र प्रशासनिक समस्याका कारण धेरै पटक स्थगित गरिएको थियो। जुन २०२० मा, कोभिड-१९ महामारीको बीचमा, एसएलसी ले प्रतियोगिता २८ अगस्त २०२० मा सुरु हुने घोषणा गरेको थियो, यस लिगमा ७० विदेशी खेलाडीहरूले खेल्न रुचि देखाएको थियो। महामारीको लागि प्रतिबन्धका कारण धेरै पटक पुन: तालिका गरिसकेपछि, पहिलो संस्करण २६ नोभेम्बर २०२० मा आयोजना गरिएको थियो।

एलपिएल सञ्चालन परिषद्

[सम्पादन गर्नुहोस्]

एलपिएल श्रीलङ्का क्रिकेट द्वारा शासित छ। श्रीलङ्का क्रिकेट प्रतियोगिताको सम्पूर्ण कार्यको लागि जिम्मेवार छ। गभर्निङ काउन्सिलका सदस्यहरूमा श्रीलङ्काका सीईओ एस्ले डे सिल्भा पनि छन्। एलपिएलको मार्केटिङ र सङ्गठन अधिकार श्रीलङ्का क्रिकेटले बोलपत्र प्रक्रियाको आधारमा प्रदान गरेको थियो। हालको अधिकार भारतीय स्वामित्वमा रहेको दुबईमा रहेको कम्पनी, इनोभेटिभ प्रोडक्सन ग्रुप (आइपिजि) सँग रहेको छ।[]

पाँच एलपीएल टिम को स्थान

वर्तमान टोलीहरु

[सम्पादन गर्नुहोस्]
टोली सहर डेब्यू मालिक कप्तान मुख्य प्रशिक्षक
कोलम्बो स्ट्राइकर्सकोलम्बो, पश्चिमी प्रान्त२०२३सागर खन्ना
क्यान्डी फाल्कन्सक्यान्डी, केन्द्रीय प्रान्त२०२२परवेज खान
गाल ग्लाडियटर्सगाल, दक्षिणी प्रान्त२०२०नदीम उमर
जाफ्ना किङ्सजाफना, उत्तरी प्रान्त२०२१सबस्करन अल्लिराजह
डम्बुला औराडम्बुला, केन्द्रीय प्रान्त२०२२विरंजित थम्बुगला

निष्क्रिय टोलीहरू

[सम्पादन गर्नुहोस्]
टोली सहर डेब्यू विघटित मालिक
कोलम्बो किङ्सकोलम्बो, पश्चिमी प्रान्त२०२०२०२०मुरफाद मुस्तफा
कोलम्बो स्टारर्सकोलम्बो, पश्चिमी प्रान्त२०२१२०२२अशोक पाथिरागे
क्यान्डी टस्कर्सक्यान्डी, केन्द्रीय प्रान्त२०२०२०२०सोहेल खान, अब्बास मुनि
क्यान्डी वरियर्सक्यान्डी, केन्द्रीय प्रान्त२०२१२०२१रवि गुप्ता, पंकज त्रिपाठी
जाफना स्टेलियन्सजाफना, उत्तरी प्रान्त२०२०२०२०आनन्दन अर्नोल्ड, राहुल सुद
डम्बुला वाइकिंग्सडम्बुला, केन्द्रीय प्रान्त२०२०२०२०सचिन जे जोशी
डम्बुला जायन्ट्सडम्बुला, केन्द्रीय प्रान्त२०२१२०२१कमर खान

तुर्नामेंट संस्करण र नतिजाहरु

[सम्पादन गर्नुहोस्]
संस्करण सारांश
संस्करण फाइनल टोलीहरुको
संख्या
सिरिज को उत्कृस्ट
खेलाडी
स्थान विजेता नतिजा उप-विजेता
२०२०

विवरण

महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, हम्बनटोटा जाफ्ना स्टेलियन्स
१८८/६ (२० ओभर)
जाफ्ना स्टेलियन्सले
५३ रनले खेल जितेको थियो।
स्कोरकार्ड
गाल ग्लाडियटर्स
१३५/९ (२० ओभर)
वानिन्दु हसरंगा
(जाफ्ना स्टेलियन्स)
२०२१

विवरण

जाफ्ना किङ्स
२०१/३ (२० ओभर)
जाफना किङ्सले २३ रनले
खेल जितेको थियो।
स्कोरकार्ड
गाल ग्लाडियटर्स
१७८/९ (२० ओभर)
अविष्का फर्नान्डो
(जाफ्ना किङ्स)
२०२२

विवरण

आर प्रेमदासा रंगशाला, कोलम्बो जाफ्नाा किङ्स
१६४/८ (१९.२ ओभर)
जाफ्ना किङ्सले २
विकेटले खेल जितेको थियो।
स्कोरकार्ड
कोलम्बो स्टारर्स
१६३/५ (२० ओभर)
सदीरा समरविक्रमा
(जाफ्ना किङ्स)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Most runs", ESPNcricinfo, अन्तिम पहुँच २० मे २०२३
  2. "Most wickets", EPSNCricinfo, अन्तिम पहुँच २० मे २०२३
  3. "Indian-owned Dubai firm bags Lanka Premier League rights", India Times, अन्तिम पहुँच ८ जुन २०२३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]