सामग्रीमा जानुहोस्

ललिता लाज्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललिता लाज्मी
जन्म(१९३२-१०-१७)१७ अक्टोबर १९३२
कलकत्ता, (वर्तमान पश्चिम बङ्गाल, भारत)
मृत्यु१३ फेब्रुअरी २०२३(2023-02-13) (उमेर ९०)
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानसर जम्सेतजी जिजिभोय स्कूल अफ आर्ट, मुम्बई
पेशाचित्रकार
कार्यकाल१९६०–२०२३
सन्तान२, कल्पना लाज्मी र क्याप्टेन देवदास लाज्मी
आफन्तगुरु दत्त (दाजु)
आत्मा राम (निर्देशक) (दाजु)

ललिता लाज्मी (१७ अक्टोबर १९३२-१३ फेब्रुअरी २०२३) एक भारतीय चित्रकार थिइन्। उनको जन्म कलाकारितामा संलग्न परिवारमा भएको थियो जो स्वयम् प्रशिक्षित कलाकार थिइन् र बाल्यकालमा उनी शास्त्रीय नृत्यको पनि शौखिन थिइन्। उनी हिन्दी फिल्म निर्देशक, निर्माता र अभिनेता गुरु दत्तकी बहिनी थिइन्। सन् १९९४ मा उनलाई नेहरू सेन्टर, लन्डन भारतीय उच्चायुक्त गोपालकृष्ण गान्धीद्वारा आयोजित गुरु दत्त फिल्म फेस्टिभलमा आमन्त्रित गरिएको थियो। उनको काम गुरु दत्त, सत्यजित रे र राज कपूरले बनाएका भारतीय चलचित्रहरूबाट पनि प्रभावित थियो।

आफ्नो एउटा अन्तर्वार्तामा, ललिता लाज्मीले आफ्नो परिवार मध्यमवर्गीय भएकाले उनलाई शास्त्रीय नृत्यको कक्षामा भर्ना गर्न नसकेको बताएकी थिइन्।