ललिपप (साङ्गीतिक समूह)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललिपप
एक साङ्गीतिक कार्यक्रमममा ललिपप समूहको प्रस्तुति
व्यक्तिगत विवरण
उत्पत्ति इटाली
विधापप
नृत्य
युरोपप
सक्रिय वर्षसन् २००१–२००४ सन् २०१३–हाल
लेबलवार्नर म्युजिक इटाली (सन् २००१–२००४) गेट ओभर रेकर्ड्स (सन् २०१३–हाल)
वेबसाइटhttp://lollipop.warnermusic.it
सदस्यहरू
मार्चेल्ला ओभानी
मार्ता फाल्कोनी
भेरोनिका रुबिनो
पूर्व सदस्य(हरू)
रोबेर्ता रूयु
दोमिनिक फिदान्जा

ललिपप एक इटालेली युवती साङ्गीतिक समूह हो जुन सन् २००१ मा इटालीयाली संस्करणको पपस्टार्स नामक दूरदर्शन कार्यक्रम मार्फत गठन भएको थियो।[१][२] यस साङ्गीतिक समूहका लागि पाँच युवतीहरू चयन गरिएको थियो जसमा मार्ता फाल्कोनी, दोमिनिक फिदान्जा, मार्चेल्ला ओभानी, भेरोनिका रुबिनो र रोबेर्ता रूयु समावेश छन्। समूहले आफ्नो गृह देशमा निकै ख्याति कमाउन सफल भएका थिए।

समूहको उक्त कार्यक्रम पछि प्राप्त गरेको प्रारम्भिक सफलता र आफ्ना दुई गिती सङ्गालोको सार्वजनिक पछि, यस समूह सन् २००५ मा विच्छेद भएको थियो। विच्छेद भएकै वर्षमा यस साङ्गीतिक समूहका सदस्यहरूले सङ्गीत र दूरदर्शन क्षेत्रमा एकल परियोजनाहरू सुरू गरेका थिए जसमा उनीहरू सफल भएका थिए।

सन् २०१३ मा, समूह दोमिनिक फिदन्जा बाहेक, नयाँ एकल गीत जारी गर्नाका लागि पुनर्मिलन भएको थियो। सन् २०१७ देखि समूहले रोबेर्ता रूयुको अनुपस्थितिमा पुन: गायन गतिविधिहरू सुरू गरेको थियो हाल यस समूहलाई तीन सदस्यहरू मार्ता फाल्कोनी, मार्चेल्ला ओभानी र भेरोनिका रुबिनोद्वारा गठन गरिएको छ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

पपस्टार्स र पहिलो गिती सङ्गालो[सम्पादन गर्नुहोस्]

यो इटालीमा प्रसारण भएको पहिलो प्रतिभा कार्यक्रम, इटालेली संस्करणको पपस्टार्स नामक एक वास्तविक दूरदर्शन गायन प्रतियोगिता मार्फत गठन गरिएको पहिलो इटालेली युवती साङ्गीतिक समूह थियो। यस समूहको नाम प्रत्यक्ष रूपमा दर्शकहरूद्वारा छनोट गरिएको थियो। [४] उक्त संस्करणको यस प्रतियोगितालाई रियाती बसोबास गर्ने एक युवतीले जितेकी थिइन् जसले यस समूहको नाम ललीपप राख्न सुझाव दिएकी थिइन्।

उनीहरूको डाउन डाउन डाउन नामक पहिलो एकल गीतलाई प्रसारणको अन्त्यमा प्रस्तुत गरिएको थियो। [५] यस नामक गीतलाई पहिले नै गठन गरिएको थियो जुन गीतलाई वार्नर सङ्गीत इटालीकी एक उदयीमान लेखिका सब्रिना प्रिस्तोनले लेखेकी थिइन् र यो अङ्ग्रेजी भाषामा रहेको थियो। यस गीतलाई ३० मार्च २००१ मा जारी गरिएको थियो। गीतले आफ्नो पहिलो हप्तामै ४२,००० प्रतिलिपीहरू बिक्रि गर्न सफल भएको थियो र यो गीत इटालेली एकल चार्टमा शीर्ष स्थानमा पुगेको थियो र गोल्ड प्रमाणित भएको थियो। केही समय लगत्तै यसका १,००,००० प्रतिलिपिहरू बिक्री भएका थिए भने गीत प्लेटिनम प्रमाणित भएको थियो। [५] १ जून २००१ मा, समूहको पहिलो गिती सङ्गालो पपस्टार्स प्रसारणको लागि सम्मानको रूपमा जारी गरिएको थियो। यसमा जम्मा ११ गीतहरू समावेश थिए भने यो सबै अङ्ग्रेजी भाषामा गाइएको थियो।[६] यस प्रस्तुति इटालेली गिती सङ्गालो चार्टको १४अौँ स्थानमा पुगेको थियो। यस गिती सङ्गालो समावेश दोस्रो एकल गीत, "डन्ट लिभ मि नाउ"को श्रव्य दृश्यलाई फ्रान्सको कुत दाझ्युरमा, घमाइलो वातावरणमा कैद गरिएको थियो। यस एकल गीत इटालेली एकल चार्टमा ९अौँ स्थान सम्म उक्लिएको थियो। सन् २००१ को गृष्म तिर, ललीपप इटालीको लघु भ्रमणमा साथ गएको थियो जहाँ उनीहरूले आफ्नो गिती सङ्गालो पपस्टार्सका केही गीतहरू प्रत्यक्ष रूपमा गाएका थिए। उनीहरूले उक्त भ्रमणमा अमेरिकी गायिक एनाएस्थेसियाको गीत "आएम आउट्टा लभ" को बिना सङ्गीत सहितको संस्करणको गीतलाई प्रस्ताव गरेका थिए। भ्रमणले उक्त गिती सङ्गालोको बिक्री बढाउन मद्दत गरेको थियो भने यसमा समावेश तेस्रो एकल "ह्वेन द रेन" पछि सार्वजनिक गरिएको थियो।[७]

सनरेमो र बात्ते फोर्तेमा सहभागिता[सम्पादन गर्नुहोस्]

ललिपपले सन् २००२ को सानरेमो साङ्गीतिक कार्यक्रममा विजेता वर्गको रूपमा भाग लिएका थिए र समूहले आफ्नो कार्यकालको पहिलो पटक इटालेली भाषामा बत्ते फोर्ते शीर्षकमा रहेको एउटा गीत गाएका थिए। यो गीत बिक्रीमा अन्तिम दोस्रो स्थानमा कायम रहँदै इटालेली चार्टमा ९अौँ स्थान सम्म पुगेको थियो।[८]

गिती सङ्गालो पपस्टार्सको नयाँ संस्करणलाई एक छुट्टै आवरण र दोहोरो सीडी संस्करणको जारी गरिएको थियो। बात्ते फोर्ते सहित दोस्रो गिती सङ्गालोमा, मूल रूपमा उक्त गिती सङ्गालोमा समावेश गरिएका लगभग सबै गीतहरूलाई समायोजित गरी पुननिर्माण गरिएको थियो तर नयाँ एकलको सफलताका बावजुद पनि पुनः जारी गरिएको उक्त गिती सङ्गालोले व्यावसायिक सफलता हासिल गर्नबाट चुकेको थियो। [९]

सन् २००२ को गृष्ममा ललीपप इटालीको भ्रमणमा फर्किएका थिए। यस पटक पपस्टार्स भ्रमण २००२ सँग साङ्गीतिक कार्यक्रमको एउटा शृङ्खला आश गरिएको भन्दा लामो भएको थियो जसका कारण, समूहले केही समयको लागि छुट्टिएको थियो।

पुनर्गठन र विच्छेदन[सम्पादन गर्नुहोस्]

सन् २००३ को सुरूमा, क्रेडी अ मी नामक गीतलाई समूहद्वारा सार्वजनिक गरिएको थियो जुन डिज्नीको एक उत्कृष्ट चलचित्र द जङ्गल बुक टु को गीत हो। केही डिज्नी पात्रहरू भएको उक्त गीतको श्रव्य दृश्यको व्यवसायीक रूपमा असफल मानिएको थियो। उक्त एकल गीतको असफलताको अर्थ भनेको १६ मे २००३ को लागि तय गरिएको नयाँ गिती सङ्गालोलाई अर्को वर्ष सारिएको थियो। साथै घटनाहरूका प्रतिकूल आर्थिक स्थितिको कारण समूह र रेकर्ड कम्पनीबीच असहमति पनि पैदा भएको थियो जसले गर्दा यो असफल भएको थियो।[१०]

समूहको नयँ गिती सङ्गालो २३ जनवरी २००४ मा उक्त गिती सङ्गालोको पहिलो एकल "ड्रिमिङ अफ लभ"का साथ सार्वजनिक भएको थियो। यस गिती सङ्गालोका लागि कैद गरिएका गीतहरू अङ्ग भाषामा रहेका थिए र मात्रै एउटा गीत इटालीयाली भाषामा रहेको थियो। यसका लागि आधा गीतहरू समूहमा गाइएका थिए भने आधाका लागि प्रत्येक सदस्यले एकल गीत गाएका थिए र दुई सदस्यहरू (रोबेर्ता रूयु र दोमिनिक फिदान्जा)ले आफ्नै गीतहरू लेखेका छन्।[११]

तथापि, उक्त गिती सङ्गालोलाई चुपचाप कुनै दूरदर्शन वा आकशवाणी प्रचार प्रसार बिनानै जारी गरिएको थियो जसले गर्दा यो न्युन मात्रामा बिक्री भएको थियो। वार्नर रेकर्ड कम्पनीको राय माथी समूहले पुरानो भएको भन्दै सम्झौता विपरित गएका करण वार्नर सङ्गीतले समूहसँग आफ्नो सम्झौताको नवीकरण गरेको थिएन जुन समूहका सदस्य बीच असहमतिसँग सामेल भएको थियो र सोही वर्षको मार्चमा समूहले विघटनको घोषणा गरेको थियो। दोस्रो एकल "यु"लाई मेमा सार्वजनिक गरिएको थियो, र गीत सन् २००५ को गृष्ममा प्रचारात्मक अङ्कीय एकल गीतको रूपमा मात्र जारी गरिएको थियो। [१२] सन् २०१० र २०११ बीचमा, दृश्यमा फर्कनु अघि, समूहले मेट्रिकोल मेटेयोर र इमिल्यरी यान्नी लगायतका दूरदर्शन कार्यक्रमहरूमा उनीहरूको डाउन डाउन डाउन नामक गीतलाई प्रस्ताव गर्दै पाहुनाहरूको रूपमा (दोमिनिक फिदान्जा बिना) भाग लिएको थियो।

सन् २०१३ मा पुनर्मिलन[सम्पादन गर्नुहोस्]

८ मार्च २०१२ मा ललिपपले साङ्गीतिक दृश्यबाट नौ वर्ष अनुपस्थिति पछि नयाँ भ्रमणका लागि पुनर्मिलनको घोषणा गरेको थियो। दोमिनिक फिदान्जाको अनुपस्थितिमा चार सदस्यीय समूहको नयाँ गठनको लागि ललिपप शीर्षकको भ्रमण ३० मार्चबाट सुरु भएको थियो। ९ जुन मा समूहले मारियो फार्गेताद्वारा निर्मित नयाँ एकल गीत सियाओ प्रस्तुत गरेको थियो। यस गीतलाई अङ्कीय ढाँचामा जारी गरिएको थियो जून २० मा रेडियो स्टेशनहरूमा पठाइएको थियो। सार्वजनिक भएपछि यसले केही मध्यम सफलता प्राप्त गर्दै उक्त हप्ताको एफआइएमआई चार्टमा २१अौँ स्थानमा पुगेको थियो। भोलिपल्ट गीतको आधिकारिक साङ्गीतिक श्रव्य दृश्य पनि प्रकाशित भएको थियो। यो समूह उक्त वर्ष भरि भर विभिन्न कार्यक्रमहरूमा प्रदर्शन गर्न जारी राखेका थिए र जुलाई २९ मा समूहले नोर्द सुद ओभेस्त - तोरमेन्तोनी अन द रोद नामक कार्यक्रमको दोस्रो शृङ्खलामा अतिथिको रूपमा सहभागी भएका थिए। गृष्मको भ्रमण पछि, यसको सदस्यहरूको एकजुट निर्णयद्वारा, समूहले पनु: आफ्ना गतिविधिहरू अवरुद्ध गर्दै, परियोजना जारी नगर्न निर्णय गरेका थिए। १८ मार्च २०१५ मा मार्च फाल्कोनी र रोबर्ता रूयु एक कार्यक्रमममा अतिथिको रूपमा देखा परेका थिए।[१३]

तीन सदस्यीय टोलीको रूपमा उपस्थिति सन् २०१७-२०१८[सम्पादन गर्नुहोस्]

२९ जुन २०१७ मा, ललिपप दूरदर्शनमा फर्किएका थिए जसमा मार्चेल्ला ओभानी, भेरोनिका रुबिनो र मार्चा फाल्कोनी तीन सदस्यीय टोलीले रूपमा देखा परेका थिए। समूहले प्रतिभा देखाउने कार्यक्रम द विनर इज ... को दोस्रो संस्करणको तेस्रो शृङ्खलामा भाग लिएको थियो जिलाई गेरी स्कोतिद्वारा आयोजना गरिएको थियो।

१७ जनवरी २०१८ मा, समूहले ९० स्पेसलको पहिलो शृङ्खलाको आयोजना गरेको थियो जुन इटलीया १ को एक कार्यक्रम थियो। यसलाई निकोल सभिनोले आयोजना गरेका थिए। उनीहरूले आफ्नो बहुचर्चित गीत डाउन डाउन गाउँदै नयाँ एकलको विमोचनको साथ मञ्चमा आफूहरू फिर्ता भएको घोषण गरेका थिए। रित्मो तिबाले नामक उनीहरूको अर्को गीत २६ अप्रिल २०१८ मा जारी गरिएको थियो, र यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई १ मे २०१८ मा जारी गरिएको थियो।[१३]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

हालका सदस्यहरू[सम्पादन गर्नुहोस्]

  • मार्ता फाल्कोनी (सन् २००१-२००३, २०१३, २०१७)
  • भेरोनिका रुबिनो (सन् २००१-२००४, २०१३, २०१७)
  • मार्चेल्ला ओभानी (सन् २००१-२००४, २०१३, २०१७)

पूर्व सदस्यहरू[सम्पादन गर्नुहोस्]

  • दोमिनिक फिदान्जा (सन् २००१-२००३)
  • रोबेर्ता रुयु (सन् २००१-२००४, २०१३)

साङ्गीतिक सङ्ग्रहहरू[सम्पादन गर्नुहोस्]

भ्रमण[सम्पादन गर्नुहोस्]

  • सन् २००१ - पपस्टार्स भ्रमण २००१
  • सन् २००१ - पपस्टार्स भ्रमण २००२
  • सन् २०१३ - भ्रमण २०१४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gruppo musicale da un programma televisivo domina la hit parade inglese, "Corriere della Sera" del", २० marzo २००१। 
  2. Dizionario della televisione  লেখা " Joseph " উপেক্ষা করা হয়েছে (सहायता); লেখা " Baroni " উপেক্ষা করা হয়েছে (सहायता); লেখা " 2005 " উপেক্ষা করা হয়েছে (सहायता); লেখা " Raffaello Cortina Editore " উপেক্ষা করা হয়েছে (सहायता); লেখা " Milano" উপেক্ষা করা হয়েছে (सहायता)
  3. "Prime nella hit parade, "Corriere della Sera"", १० अप्रिल २००१। 
  4. "Le Lollipop ritornano a Matricole e Meteore", अन्तिम पहुँच २६ giugno २०१३ 
  5. ५.० ५.१ "Don't Leave Me Now su italiancharts.com", अन्तिम पहुँच १० gennaio २०१० 
  6. "Brani di successo del 2003 su Hit Parade Italia", १०-१२-२००९। 
  7. tgcom24.mediaset.it, सम्पादक (११ marzo २०१३), "Le Lollipop tornano insieme", मूलबाट ३ novembre २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ marzo २०१५ 
  8. spetteguless.it (सम्पादक), "Ciao delle Lollipop: presentazione domenica 9 giugno al JustCavalli", अन्तिम पहुँच ५ giugno २०१३ 
  9. "Il video ufficiale di Ciao (Reload) su Youtube", अन्तिम पहुँच २१ giugno २०१३ 
  10. Nord Sud Ovest Est | Seconda Puntata |generato automaticamente -->
  11. All Music Italia, सम्पादक (२४ novembre २०१४), "Intervista a Veronica delle Lollipop: “Ecco perché la reunion non è durata”", अन्तिम पहुँच १º agosto २०१७ 
  12. Il Secolo XIX, सम्पादक (१९ gennaio २०१८), "Lollipop, tweet al veleno di Roberta Ruiu contro la reunion", अन्तिम पहुँच २३ aprile २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०४ मिति
  13. १३.० १३.१ "Lollipop, reunion dal "Ritmo Tribale"", २६ aprile २०१८, अन्तिम पहुँच २६ aprile २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]