लिथियम ब्रोमाइड
लिथियम ब्रोमाइड (LiBr) लिथियम र ब्रोमिनको रासायनिक यौगिक हो। यसको चरम हाइग्रोस्कोपिक प्रकृतीले लिथियम ब्रोमाइडलाई निश्चित वातानुकूलन प्रणालीहरूमा उपयोगी बनाउँछ।[१]
उत्पादन र गुण
[सम्पादन गर्नुहोस्]लिथियम कार्बोनेटको घोललाई हाइड्रोब्रोमिक एसिडसँग उपचार गरेर वा लिथियम हाइड्रोक्साइड ब्रोमिनसँग प्रतिक्रिया गरेर लिथियम ब्रोमाइड तयार गरिन्छ। यसले अन्य क्षारीय धातु ब्रोमाइडहरू भन्दा फरक धेरै क्रिस्टलीय हाइड्रेटहरू बनाउँछ।
लिथियम हाइड्रोक्साइड र हाइड्रोब्रोमिक एसिड (हाइड्रोजन ब्रोमाइडको घोल)ले लिथियम ब्रोमाइड र पानी अवक्षेपित गर्दछ।
- LiOH + HBr → LiBr + H2O
प्रयोग
[सम्पादन गर्नुहोस्]लिथियम ब्रोमाइडको ५०-६०% जलीय घोल वातानुकूलन प्रणालीहरूमा डेसिक्यान्टको रूपमा प्रयोग गरिन्छ। यो पानीसँग अब्जर्बसन चिलर (अब्जर्बसन रेफ्रिजरेटर) मा प्रयोग गरिन्छ । ठोस लिथियम ब्रोमाइड कार्बनिक संश्लेषण मा उपयोगी रिएजेन्ट हो। [१]
चिकित्सा प्रयोग
[सम्पादन गर्नुहोस्]१९०० को दशकको सुरुवातमा लिथियम ब्रोमाइडलाई शामकको रूपमा प्रयोग गरिन्थ्यो, तर १९४० को दशकमा नयाँ शामक औषधिहरू उपलब्ध हुन थालेपछि र केही मुटु रोगीहरूको मृत्यु भएपछि यो बेवास्तामा पर्यो। नुनको विकल्प लिथियम क्लोराइड प्रयोग हुन थाल्यो।[२]
खतराहरू
[सम्पादन गर्नुहोस्]लिथियम लवण साइकोएक्टिभ र केही हदसम्म क्षयकारी हुन्छन्। लिथियम ब्रोमाइड पानीमा घुलिँदा ताप चाँडै उत्पन्न हुन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Wietelmann, Ulrich and Bauer, Richard J. (2005) "Lithium and Lithium Compounds" in Ullmann's Encyclopedia of Industrial Chemistry Wiley-VCH: Weinheim.
- ↑ "Bipolar Disorder: Treatment and Care", webmd.com, अन्तिम पहुँच ३ अप्रिल २०१८।