लिशियिगुरखङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिशियिगुरखङ (तिब्बती: བརྡ་གསར་རྙིང་གི་ཁྱད་པར་ལི་ཤིའི་གུར་ཁང་།, वयली: brda gsar rnying gi khyad par li shi'i gur khang) तिब्बती संवत् आठौँ रबज्युङ मे ट्रेल वर्ष अर्थात् सन् १४७६ मा तिब्बती अनुवादक कर्म लोचावा रिन्छेन ट्राशीस् द्वारा रचित तिब्बती भाषाको शब्दकोश हो। यसमा प्राचीन तिब्बती भाषा र नयाँ तिब्बती भाषाको भिन्नता छुट्याएर उल्लेख गरेको छन्। तिब्बती भाषाको इतिहास अनुसार आठौँ शताब्दीको तिब्बती सम्राट ठ्रीस्रोङ देउचन र नवौँ शताब्दीको सम्राट ठ्री रल्पचनको शासनकालमा तिब्बती लोचावा कावापल्चेग, चोगरो लुयीग्याल्छन, शाङ्येशेस्दे र, त्यसपछि दशौँ शताब्दीको अन्तिम तिर तिब्बती राजा ल्हालामा येशेस्वोदको जीवनकालमा लोचावा रिन्छेन जाङ्पो आदिले त्यस समयको समाज र भाषा विकासको जरूरी अनुसार तिब्बती भाषाको संशोधन तीन पटक गरेको मध्ये लिशियिगुरखङमा सम्राट ठ्री रल्पचनको शासनकाल भन्दा पहिले संशोधन भएको भाषालाई प्राचीन तिब्बती भाषा र त्यस पछि संशोधन गरेको भाषालाई नयाँ तिब्बती भाषामा छुट्याएको छन्। लिशियिगुरखङको लेखकले लगभग त्यस समयमा संशोधित एक हजार भन्दा ज्यादा शब्दहरूलाई आफ्नो लेखमा समेटिएको साथै चिनियाँ भाषा, मंगोलियन भाषा र तिब्बती भाषाको फरक छुट्याउनु नसकी प्राचीन तिब्बती भाषामा मिश्रीत भएका शब्दहरू र संस्कृत शब्दको अपभ्रंश र तिब्बती शब्दको गल्ती हिज्जेको कारणले पुरानो तिब्बती भाषासँग भ्रम भएको कयौं त्रुटीहरूलाई पनि संशोधन गर्नुभएको कारण प्राचीन तिब्बती भाषा र आधुनिक तिब्बती भाषाको फरक छुट्याउनमा यो शब्दकोशको विशेष योगदान रहेको पाइन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

li shi'i gur khang[dead link]