लीला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लीला चित्तको उमंगका साथ मनारञ्जनका लागि गरिने खेल क्रिडा वा विनोद हो। यसमा देवी देवताको चरित्रको अभिनय गरिन्छ।[१] विलासको इच्छा नै लीला हो। चरित्रलाई अभिनयात्मक ढङ्गले अनुकरण गरी प्रस्तुत गर्नु लीला हो। यसको व्याख्या श्रीमद्भागवतको तृतीय स्कन्धको सुवोधनी टीकामा गरिएको पाइन्छ। श्रीमद्भागवतमा यो चराचर सृष्टि भगवानकै लीला हो। भगवानका अनेक लीला हुन्छन् भनेर उल्लेख गरिएको पाइन्छ। विष्णुको विभिन्न अवतारको लीलालाई औतारी लीला भनिन्छ। यसमा श्रृङ्गार, वीर र करुण रसहरूको प्रयोग गरिन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
  2. नेपाली लोकसाहित्य, पूर्व आधुनिक साहित्य तथा आधुनीक नेपाली निबन्ध, कृष्णविलास पौड्याल