लेप्टोस्पिरोसिस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लेप्टोस्पिरोसिस
Leptospirosis darkfield.jpg
Leptospira magnified 200 times with dark-field microscope
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागInfectious Disease[*]
आइसिडी-१०A27.
आइसिडी-९ सिएम100
ओएमआइएम607948
डिजिज-डिबी7403
मेडलाइन प्लस001376
इ-मेडिसिनmed/1283 emerg/856 ped/1298
प्यासेन्ट युकेलेप्टोस्पिरोसिस
एमई-एसएचC01.252.400.511

लेप्टोस्पिरोसिस (जुन फिल्ड ज्वरो,[१] मुसा समात्नेको पहेँलो,[२]प्रिटिबियल ज्वरो[३] को नामले पनि परिचित छ) एक संक्रमण हो जुन लेप्टोस्पिरा नामक कर्कस्क्रु-आकारको जीवाणुको कारणले गर्दा हुन्छ। लक्षणहरू नदेखिन पनि सक्छन् र देखिएमा टाउको दुख्ने, मांसपेशी दुख्ने, र ज्वरो आउनेजस्ता सामान्य लक्षणहरू देखि लिएर फोक्सोमा रक्तस्राव हुने वा मेनिन्जाइटिस (मस्तिष्क ज्वर) जस्ता गम्भीर लक्षणहरू देखा पर्ने गर्छन्।[४][५] यदि यो संक्रमणको कारणले गर्दा व्यक्ति पहेँलो परेमा, मिर्गौला खराबी (मिर्गौलाले काम गर्न छोड्नु) र रक्तस्राव भएमा यसलाई विल्स रोग भनिन्छ।[५] यदि यसको कारणले गर्दा फोक्सोमा अत्यधिक रक्तस्राव भएमा, यसलाई सिभियर पल्मोनरी हेमोरेज सिन्ड्रोम भनिन्छ।[५]

13 वटासम्म विभिन्न अनुवांशिक प्रकारका लेप्टोस्पिराले मानिसहरूमा यो रोग पैदा गर्दछन्।[६] यो दुबै जंगली तथा घरेलु जनावरहरूबाट सर्ने गर्छ।[५] यो रोग बढी फैलाउने जनावरहरूमा दंशक जन्तुहरू (मुसा, छुचुन्द्रो, खरायो, इत्यादि) पर्दछन्।[७] यो प्राय: जनावरको पिसाबबाट फैलने गर्छ वा जनावरको पिसाबद्वारा दूषित माटो छालामा भएको घाउ, आँखा, मुख, वा नाकको सम्पर्कमा आउँदा सर्ने गर्छ। [४][८] विकासोन्मुख मुलुकहरूमा यो रोग प्राय: किसानहरू र सहरमा बस्ने गरीब मानिसहरूलाई लाग्ने गर्छ।[५] विकसित मुलुकहरूमा यो रोग प्राय: न्यानो र आर्द्र स्थानहरूमा बाहिरी क्रियाकलापहरूमा संलग्न मानिसहरूलाई लाग्ने गर्छ।[४] शरीरमा यो जीवाणु विरुद्ध एन्टिबडी पैदा भएको छ कि भनेर हेरेर वा रगतमा यसको डिएनए (DNA) खोजेर यो रोगको निदान गर्ने गरिन्छ।[९]

यो रोग रोकथाम गर्ने उपायहरूमा संभावित संक्रमित जनावरहरूको साथमा काम गर्दा जीवाणुको सम्पर्कमा आउनबाट जोगिनको लागि सुरक्षात्मक सामग्री वा उपकरण प्रयोग गर्ने, त्यस्तो ठाउँमा काम गरेपछि हात धुने, र मानिसहरू बस्ने र काम गर्ने ठाउँमा दंशक जनावरहरू (मुसा, छुचुन्द्रो, इत्यादि) नियन्त्रण गर्ने पर्दछन्।[४] यात्रुहरू बीच यो संक्रमण फैलन नदिने प्रयास स्वरूप प्रयोग गरिने एन्टिबायोटिक डक्सिसाइक्लाईन (doxycycline)ले कत्तिको लाभ पुर्‍याउँछ भन्ने कुरा स्पष्ट छैन।[४] जनावरहरूको लागि केही निश्चित प्रकारको लेप्टोस्पिरा को लागि खोप उपलब्ध छ जसले यो संक्रमण मानिसहरूमा सर्ने जोखिम कम गर्न सक्छ।[४] संक्रमित भएको अवस्थामा निम्न एन्टिबायोटिकद्वारा उपचार गरिन्छ: डक्सिसाइक्लाईन, पेनिसिलिन (penicillin), वा सेफ्टरिएक्सोन (ceftriaxone)[४] विल्स रोग र सिभियर पल्मोनरी हेमोरेज सिन्ड्रोमको मृत्यु दर, उपचार प्राप्त भएपछि समेत, क्रमश: 10% र 50% भन्दा बढी छ।[५]

प्रत्येक वर्ष सत्तरी लाख देखि एक करोड मानिस लेप्टोस्पिरोसिसद्वार संक्रमित हुन्छन् भन्ने अनुमान छ।[१०] यसको कारणले हुने मृत्युको सङ्ख्या भने स्पष्ट छैन।[१०] यो रोग प्राय: विश्वको उष्णदेशीय क्षेत्रहरूमा बढी हुने गर्छ तर यो जहाँकही हुनसक्छ।[४] विकासोन्मुख मुलुकका सुकुम्बासी तथा गरीब बस्तीहरूमा प्रकोप फैलन सक्छ।[५] यो रोगको बारेमा पहिलो पटक सन् 1886 मा जर्मनीमा विलले व्याख्या गरेका थिए।[४] संक्रमित जनावरहरूमा कुनैपनि लक्षण नदेखिन पनि सक्छ, अथवा हल्का, वा गम्भीर लक्षणहरू देखा पर्न सक्छन्।[६] लक्षणहरू जनावरको प्रकार अनुसार भिन्न-भिन्न हुन्छन्।[६] केही जनावरहरूमा लेप्टोस्पिरा प्रजनन प्रणालीमा रहने गर्छ, जसको कारणले गर्दा सम्भोग गर्दा यो रोग सर्छ।[११]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. Mosby's Medical Dictionary (9 संस्करण). Elsevier Health Sciences. 2013. प॰ 697. . http://books.google.ca/books?id=aW0zkZl0JgQC&pg=PA697. 
  2. McKay, James E. (2001). Comprehensive health care for dogs. Minnetonka, MN.: Creative Pub. International. प॰ 97. . 
  3. James, William D.; Berger, Timothy G.; et al. (2006). Andrews' Diseases of the Skin: clinical Dermatology. Saunders Elsevier. . :290
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ ४.६ ४.७ ४.८ Slack, A (Jul २०१०), "Leptospirosis.", Australian family physician 39 (7): 495–8, पिएमआइडी 20628664 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ McBride, AJ; Athanazio, DA; Reis, MG; Ko, AI (Oct २००५), "Leptospirosis", Current opinion in infectious diseases 18 (5): 376–86, डिओआई:10.1097/01.qco.0000178824.05715.2c, पिएमआइडी 16148523 
  6. ६.० ६.१ ६.२ "Leptospirosis", The Center for Food Security and Public Health, अक्टोबर २०१३, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  7. Wasiński B, Dutkiewicz J (२०१३), "Leptospirosis—current risk factors connected with human activity and the environment", Ann Agric Environ Med 20 (2): 239–44, पिएमआइडी 23772568 
  8. "Leptospirosis (Infection)", Centers for Disease Control and Prevention, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  9. Picardeau M (जनवरी २०१३), "Diagnosis and epidemiology of leptospirosis", Médecine Et Maladies Infectieuses 43 (1): 1–9, डिओआई:10.1016/j.medmal.2012.11.005, पिएमआइडी 23337900 
  10. १०.० १०.१ "Leptospirosis", NHS, ०७/११/२०१२, अन्तिम पहुँच १४ मार्च २०१४ 
  11. Faine, Solly; Adler, Ben; Bolin, Carole (1999). "Clinical Leptospirosis in Animals". Leptospira and Leptospirosis (Revised 2nd संस्करण). Melbourne, Australia: MediSci. प॰ 113. .