वाङ जियानलिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वांग जियानलिनबाट अनुप्रेषित)
वाङ जियानलिन
Wang Jianlin
王健林
डालियानको वार्षिक भेलामा वाङ जियानलिन
जन्म (1954-10-24) २४ अक्टोबर १९५४ (उमेर ६९)
वासस्थानबेइजिङ, चीन
राष्ट्रियताचिनियाँ
शिक्षालियोनिंग विश्विविद्यालय
संस्थानडालियान वान्डा समूहको संस्थापक तथा अध्यक्ष
जम्मा सम्पति२९.२ अर्व अमेरिकी डलर[१]
राजनीतिक दलकम्युनिष्ट पार्टि चीन
जीवनसाथीलिन निंग
सन्तानवांग सिकोंग

वाङ जियानलिन (चिनियाँ: 王健林; पिनयिन: Wáng Jiànlín; जन्म अक्टोबर २४, १९५४) एक चिनियाँ व्यवसायी र समाजसेवी हुन् । उनी डालियान वान्डा समूहको संस्थापक र अध्यक्ष हुन् भने उनी चीनका सबैभन्दा ठूलो अचल सम्पत्ति डेभलपरका साथै संसारको सबैभन्दा ठूलो चलचित्र थिएटर सञ्चालक समेत हुन ।[२] उनले स्पेनको फुटबल क्लब एट्लेटिको म्याड्रिडको २० प्रतिशत शेयरको शेयरधनी समेत हुन् । [३] उनी एसिया महाद्विपका सबैभन्दा धनी व्यक्ति हुन् । [४] उनको आफ्नै १२५ वटा सपिङ मल र ६८ वटा पाँचतारे होटल छन् । उनको वान्दा सिनेमा लाइन, चीनको सबैभन्दा ठूलो मुभी थिएटर चेन हो । [५]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

वाङ जियानलिनको जन्म अक्टोबर २४, १९५४ मा क्याङ्गझी काउन्टी, गुवाङ्गयुआन, सिचुआन, चीनमा भएको थियो । उनको बुबा माओत्से तुङको जनमुक्ति सेनाको लागि लामो मार्चको (अक्टोबर १९३४–अक्टोबर १९३५) दौरान लडेका थिए । 

पेशागत जीवन[सम्पादन गर्नुहोस्]

जनमुक्ति सेनमा १६ वर्ष पश्चात वांगले झिगांग जिल्लाको डालियान सहरमा प्रशासन कार्यालयमा काम शुरू गरेका थिए ।[६] सन् १९८९ मा उनी झिगांग आवासिय विकासको महा प्रबन्धक भएको थिए । उनी जियांगयिनको कारखानाको कारखाना प्रमुख थिए । सन् १९९२ मा उनले डालियान वान्डा समूहको महा प्रबन्धकको रूपमा कार्य शुरू गरेका थिए भने उनी सन् १९९३ मा कार्यकारी प्रमुख भएका थिए । उनले जियांगसु जियांगनान पानी कम्पनीमा पनि कार्यकारी नायम महा प्रबन्धक तथा सञ्चालको रूपमा कार्य गर्दथे । [७]

राजनीति[सम्पादन गर्नुहोस्]

१५ वर्षको उमेरमा उनले जनमुक्ति सेनाको १७ वर्षको सेवा शुरू गरेका थिए, शुरूमा उनी सिमा सुरक्षाकर्मा थिए भने पछि उनलाई रेजिमेंट कमान्डरमा पदोन्नती गरिएको थियो ।[८] सन् १९७६ मा उनी चीनको कम्युनिष्ट पार्टीमा सामेल भएका थिए । उनले १७ औँ राष्ट्रिय कांग्रसको नायवको रूपमा सेवा गरेका थिए ।  [९]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको विवाह लिन निंग (पिनयिन: Lín Níng) भएको थियो र उनको एक छोरा वांग सिकोंग (पिनयिन: Wáng Sīcōng; जन्म 1988) छ । उनको छोराले विनचेस्टर कलेज र विश्वविद्यालय कलेज लन्डन बेलायतमा शिक्षा हासिल गरेका छन् । वांग सिकोंग हाल वान्डा समूहको सञ्चालक समूह छन् ।

सन् २०१५ मा उनले लन्डनमा केनसिंगटन प्यालेस गारडेनलाई पाउण्ड स्टर्लिंगमा खरिद गरेका थिए । उक्त भवन पहिला युक्रेनियन धनाध्य लेनोर्ड व्लाभान्टिकको स्वामित्वमा थियो ।[१०] सन् २०१६ जुलाईमा लिड प्रकाशकले वांग जायलिनको किताब "द वान्डा वे: द म्यानेजेरियल फिलोसोफि बलम भ्यालूज अफ वन अफ चाइनास लार्जेस्ट कम्पनी" संसार भरि प्रकाशन गरेका थिए ।[११] यस किताबमा उनको सन् २०१३ को चिनिया केन्द्रिय टेलिभिजनको अन्तर्वाता , उनको हार्भर्ड विश्वविद्यालयको भाषण तथा प्रश्न तथा उत्तर र वांग जायलिनको व्यवसायिक दर्शन समेत समावेश गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. एजेन्सिज (३१ डिसेम्बर २०१६/२०१६), "सनकी अर्बपतिहरू", कान्तिपुर। 
  2. Profile of Wang Jialin, Forbes, March 2013
  3. "Atletico Madrid: China's Wang Jianlin buys 20% stake - BBC News", BBC News (en-GBमा), अन्तिम पहुँच २०१६-०४-२६ 
  4. "The 10 richest people in Asia", Business Insider (en-GBमा), अन्तिम पहुँच २०१६-०८-११ 
  5. एजेन्सिज (३१ डिसेम्बर २०१६/२०१६), "सनकी अर्बपतिहरू", कान्तिपुर। 
  6. "Biography of Wang Jianlin", World Economic Forum
  7. "Biography of Wang Jialin", Reuters
  8. "It's a Wanda-Ful Life; Dalian Wanda", The Economist, १४ फेब्रुअरी २०१५, अन्तिम पहुँच १५ मार्च २०१५, (नामलेखन बाँकी (help))  |subscription= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  9. "2010 Forbes ranking", Forbes
  10. Prynn, Jonathan (१९ डिसेम्बर २०१५), "Chinese billionaire buys £80m London home and he'll spend £50m more doing it up", Evening Standard, अन्तिम पहुँच १९ डिसेम्बर २०१५ 
  11. ISBN 9781910649428, LID Publishing, copyright 2016