वाच्य (व्याकरण)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वाच्य भनेको भनाइ हो । वाक्यमा रहेका कर्ता, कर्म र क्रियामध्ये कुन भनाइ मुख्य रहेको छ भनी छुट्याउने व्याकरणिक कोटिलाई वाच्य भनिन्छ । अर्थात् कर्ता, कर्म र भावको ोध गराउने वाक्यलाइ वाच्य भनिन्छ ।

नेपालीमा वाच्य तीन प्रकारको हुन्छन् :क) कर्तृवाच्य, ख) कर्मवाच्य र ग) भाववाच्य

कर्तृवाच्य :[सम्पादन गर्ने]

कर्ताको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्तृवाच्य भनिन्छ । अर्को शब्दमा कर्ता जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्तृवाच्य भनिन्छ । कर्तृवाच्यको कर्तामा परिवर्तन गर्दा त्यसको असर क्रियामा पर्दछ । कर्तृवाच्यको वाक्य सकर्मक र अकर्मक दुवै क्रियाबाट बन्न सक्छ । कृर्तवाच्यको क्रिया सकर्मक छ भने कर्मवाच्य र अकर्मक छ भने भाववाच्यमा परिवर्तन गर्नुपर्छ ।

जस्तै : सकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ चिठी लेख्छ ।
  2. म भात खान्छु
  3. विनोदले भात खायो ।
  4. भाइ भकुन्डो खेल्छ ।
  5. गोठालोले घाँस काट्यो ।

अकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ रोयो ।
  2. म हाँस्छु ।
  3. कृष्ण दगु¥यो ।
  4. हरि मेचमा बस्छ ।
  5. विनोद हिँड्यो ।

कर्मवाच्य[सम्पादन गर्ने]

:कर्मको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्मवाच्य भनिन्छ । अर्को शब्दमा कर्म जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्मवाच्य भनिन्छ । कर्मवच्यको क्रियापद सकर्मक क्रियाबाट मात्र बन्दछ । कर्मवाच्यबाट कर्तृवाच्यमा वाच्य परिवर्तन गर्न सकिन्छ ।

जस्तै :

कर्मवाच्य कर्तृवाच्य
१. आफू त परीक्षा लेखिन्छ । म त परीक्षा लेख्छु ।
२. भाइबाट कलम किनियो । भाइले कलम किन्यो ।
३. रमेशबाट भात खाइएला । रमेश भात खाला ।
४. माधवबाट भकुन्डो खोलियो । माधवले भकुन्डो खेल्यो ।
५. मबाट मासु खाइन्छ । म मासु खान्छु ।

भाववाच्य :[सम्पादन गर्ने]

वाक्यमा क्रिया वा क्रियाको अर्थ मुख्यरूपमा रहने वाच्यलाई भाववाच्य भनिन्छ । भाववाच्यको क्रियापद अकर्मकबाट मात्र बन्छ । क्रियाको धातुपछि ‘इ’ थपिएर भाववाच्यको क्रिया बन्छ । यसबाट वाच्य–परिवर्तन गर्दा कर्तृवाच्यमा गरिन्छ ।

जस्तै :

भाववाच्य कर्तृवाच्य
१. (रामद्धारा) हाँसियो । राम हाँस्छ ।
२. (विनोद्धारा) घर गइनेछ । विनोद घर जानेछ ।
३. आफू त कतै गइन्न । म त कतै जान्न ।
४. सुत्नसम्म सुतिएछ । सुत्नसम्म सुतेछु ।
५. (रामबाट) चाँडै हिँडियो । राम चाँडै हिँड्यो ।

[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. ऋषिराम कुइकेल 9851155973