वार्तालाप:कुरुक्षेत्र युद्धको पहिलो दिन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ गाभ्न तथा मेटाउन असमर्थन[सम्पादन गर्नुहोस्]

हरेक युद्धमा अनेक खण्ड हुन्छन्, जसलाई लडाइँ, झडप, भिडन्त आदि नामले जानिन्छ। ती हरेक खण्डमा अनेक वीरले पराक्रम प्रस्तुत गर्छन्, अनेक वीरले शहादत वीरगति प्राप्त गर्छन् र ती हरेक मोर्चा वा लडाइँ आफैंमा उल्लेखनीय विषय हुन्। उदाहरणको लागि नेपाल-अङ्ग्रेज युद्धमा विजयपुरमा, मकवानपुरमा, वुटवलमा, जैथकमा, अल्मोडामा, नालापानीमा, देहराधुनमा, देउथलमा, मलाउँमा लडाइँ भए। ती लडाइँहरूका विषय आफैमा पनि लेख बन्न सक्छन्, ती सबैलाई नेपाल अङ्ग्रेज युद्धमा गाभ्नलाई आवश्यक जस्तो लाग्दैन। त्यसकारण यो पृष्ठ मेटाउन असमर्थन छ।

जहाँ सम्म पृष्ठ एक लेख सँग मात्र जोडिएको कुरा छ, हेर्नुहोला। धन्यवाद ! Bishal Shrestha Bishaldev ०६:४२, ११ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]