वार्तालाप:झाडग्राम उपविभाग

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१३, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →१५ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

झारग्राम मह्कुमाझारग्राम महकुमा – अन्तिममा 'मह्कुमा' जोडिएर यस विकिपिडियामा लगभग ६०+ लेखहरू बनेका छन्। भूगोलसँग सम्बन्धित भएको कारणले विषयको उल्लेखनीयतामाथि कुनै प्रश्न छैन तर लेखलाई सुधार गर्नुपर्छ। लेखमा सामग्री र स्रोतको अभाव छ। यो लेख अनुसार 'महकुमा' भन्नाले भारतको जिल्लाभन्दा तल्लो प्रशासनिक एकाइलाई जनाउँछ। हामीले 'महकुमा' शब्दलाई प्रयोग गर्ने वा अन्य कुनै शब्द उपयुक्त हुने भए सल्लाह दिन अनुरोध गर्दछु। साथै यसै छलफलको आधारमा अन्य पृष्ठहरूको शीर्षकलाई सार्न सकिन्छ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४७, १५ अगस्त २०२० (नेपाली समय)

  •  असमर्थन यस लेखको आधिकारिक नाम बङ्गाली भाषाबाट तय हुन्छ कारण यस क्षेत्रमा बङ्गाली भाषा बोलिन्छ जुन आधिकारिक भाषा हो। हाल मह्कुमा लेखिएको छ जुन गलत छ (महकुमा सहि)

यस लेखको एकदमै सहि शीर्षक झाडग्राम महकुमा हुन्छ र त्यस अनुसार सार्नु पर्छ पुनर्निर्देशन हटाई।हिमाल सुबेदी (कुरा गर्ने) २०:११, १५ अगस्त २०२० (नेपाली समय)

  •  असमर्थन वास्तविक यस प्रकार रहेको छ:

१) r को उच्चारण हिन्द महाद्वीपिय भाषाले तीनवटा वर्णको काम गर्छ (सामान्य देवनागरी , नुक्ता खाले ड र ढ) यसमा r को उच्चारण नुक्ता खाले ड हुन्छ तर नेपालीमा नुक्ता नभएको कारण यसको शीर्षकलाई हामीले नुक्ता हटाएर पढ्छौँ, थप स्पस्टिकरणका लागि, Shakarparian पाकिस्तानको यो ठाउँको उच्चारण शकरपडियाँ हुन्छ जहाँ यहाँको r ले नुक्ता खाले ड को काम गरिरहेको छ। नेपालीम पनि r ले ड र ढ को नाम गरेको भेटिन्छ। जस्तै Narayangarh = नारायणगढ, (भारतका तमाम विषयहरू पनि यस्तै छन् जहाँ र नभई ड र ढ हुन्छ) रोमन वर्णमाला अनसार झट्ट हेर्दा खेरी र देखिए पनि यस्ता खाले विषयहरूमा यसको उच्चारण ड र ढ हुने गर्दछ , यस शीर्षकमा पनि त्यही भएको हो। यसको वास्तविक शीर्षक झाडग्राम महकुमा हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) २१:११, १५ अगस्त २०२० (नेपाली समय)

  • बङ्गाली भाषाको शब्द महकुमाको अर्थ उपविभाग वा उपखण्ड भन्ने हुँदो रहेछ। तसर्थ प्रशासनिक विभाजन जनाउने शब्दावलीलाई सोही अनुसार उपविभाग वा उपखण्ड लेख्न सकिन्छ। साथै नामको सन्दर्भमा कुरा गर्दा यसको सही नाम झारग्राम नभई झाडग्राम नै हुने देखिन्छ। --Nirajan pant (कुरा गर्ने) ०८:१२, २१ अगस्त २०२० (नेपाली समय)
हिमाल सुबेदीपर्वत सुबेदी, महकुमाको सट्टा 'उपविभाग' वा 'उपखण्ड' मध्ये कुन उपयुक्त हुन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५५, २८ अगस्त २०२० (नेपाली समय)
  • 'झाडग्राम उपविभाग'को लागि समर्थन--Saroj Uprety (कुरा गर्ने) १९:३५, ३० अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।