वार्तालाप:प्रतिभा सामुदायिक पुस्तकालय

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

लेखराज जोशी (कुरा गर्ने) ११:१४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))श्रीमान् । म विकिपिडियाको नयाँ विद्यार्थि हुँ । मैले यस प्रतिभासामुदायिक पुस्तकालय सम्वन्धी लेखमा कुनै कुरा पनि झुट्टो लेखेको छैन । म यसै पुस्तकालयको कर्मचारी हुँ । यो पुस्तकालय गैर व्यापारमूलक पारमार्थिक संस्था हो । यहाँका सबै सेवाहरु पूर्ण नि:शुल्क छन् । यो लेख कुनै विज्ञापन पनि होइन । यो संस्थाको विसुद्ध सूचनाको प्रसार मात्रै हो । विकिपिडियामा यो लेखलाइ राखि राख्न म थप जानकारीहरुको खोजी गर्दै विकिपिडियाका माप दण्डहरु पुरा गर्ने प्रयत्न गर्दैछु । कृपया यो लेख लाइ अहिलेनै नहटाइयोस् । धन्यवाद् ।

लेखराज जोशी,सर, कृपया अरू लेखहरू कसरी लेखिएका छन् भनी हेर्नुहोला । तपाईं अङ्ग्रेजी विकिपीडियामा लेखहरू कसरी लेखिएका छन् हेर्नुहोस् । :) :) लर्नरktm १२:३५, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))
अर्को विषय के पनि हो भने, विकिपीडिया हामीले लेख्ने बल्ग वा फेसबुक स्ट्याट्स जस्तो होइन रहेछ । हामीले आफ्नो भाषिक ज्ञान सँगै सकेसम्म भरपर्दो स्रोत पत्र पत्रिका, भरपर्दो पुस्तकहरू बाट सन्दर्भ जोड्नुपर्ने हुन्छ । :) लर्नरktm १६:०१, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))
मुख्य कुरा के भने विकिपीडियाका लेख हुन विषय राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको वा कुनै राष्ट्रिय विषय बनिसकेको हुनुपर्छ । :) लर्नरktm १६:११, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

लेखका विषयमा विकिपीडिया:चौतारी मा सोध्नुहोस् । :) लर्नरktm १६:१६, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))