वार्तालाप:बेल्टार बसाहा नगरपालिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Rose Regmi (कुरा गर्ने) १४:०४, २ नोभेम्बर २०१४ (युटिसी(UTC)) बेल्टार गाबिस र बसाहा गाबिस गाभीएर बेल्टार बसाहा नगरपालिका भएको हो। यस नगपालिकाको नगरपालिका कार्यलय बेल्टार बजारमा अवस्थित छ। दुईवटा गाबिसको १८वटा वडा लाई मिलाएर ९ वटा बनाइएको छ। यस भेगमा विभिन्न भेषभुषा तथा भाषाभाषीका मानिसहरुको बसोबास रहेको छ।धरातलीय हिसाबले यो क्षेत्र निकै राम्रो छ।उत्तर दिशामा चौदण्डि गढि डाडो र दक्षिण दिशामा त्रियुगा नदिको समतल फाटँ रहेको छ ।उदयपुर जिल्लाको प्रमुख ब्यापारीक केन्द्र बेल्टार बजार यस ठाउँको प्रमुख बजार हो।यहाँ साप्ताहिक रुपमा बिहीबार -बिहीबार हाट (बजार)लाग्ने गरेको छ।