वार्तालाप:स्टकहोम

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विभिन्न सञ्चार माध्यममा प्रकाशित लेख हेर्दा यसको शीर्षक, स्टकहोम, स्टोकहोम, स्टकहोल्म, स्टकहुम र स्टोकहोल्म देखियो। एउटै पृष्ठको पाँच वटा नाम सम्भव छैन। [१] तसर्थ आधिकारिक उच्चारण अनुसार शीर्षक परिवर्तन हुनु पर्छ भन्ने प्रस्ताव राखेको छु, आधिकारिक उच्चारण स्तोकहोल्म, पर्वत सुबेदी (कुरा गर्ने) २३:२२, २९ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

'स्टकहोम' शब्दको प्रयोग - सरकारी वेबपृष्ठको सूत्रहरू [सन्दर्भ: स्टकहोम महासन्धि]

धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५४, ३० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

बिप्लब आनन्दसँग म पनि सहमत छु। माथि उल्लेखित वैकल्पिक नामहरूको बारेमा विभिन्न खोज उपकरणहरू प्रयोग गरी हेर्दा स्टकहोम नै प्रमुखतः प्रयोगमा रहेको देखिन्छ। यसको अलावा अन्य वैकल्पिक नामहरूको प्रयोग एकदमै न्यून रहेको छ। तथा ती नामहरूको प्रयोग भएका सामग्रीहरूलाई सन्दर्भको रूपमा लिन नसकिने खालको छन्। यी पाँच मध्ये स्टकहुम को प्रयोग कहीँ पनि देखिएन। नेपाली भाषी समाजमा आम रूपमा प्रयोग गरीने शब्दावली नै शीर्षकको रूपमा रहेको छ। प्रस्तावित नाम स्तोकहोल्म प्रयोगमा रहेको देखिँदैन। अतः नाम परिवर्तन गर्न आवश्यक देखिँदैन। --‌Nirajan pant (कुरा गर्ने) १०:१४, ३० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]