विकसित देश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  जानकारी उपलब्ध छैन

एक विकसित देश, वा उच्च आय भएको देश, एक सार्वभौम राज्य हो जसमा उच्च गुणस्तरको जीवन, विकसित अर्थव्यवस्था, र अन्य कम औद्योगिक राष्ट्रहरूको तुलनामा उन्नत प्राविधिक पूर्वाधारहरू छन्। सामान्यतया, आर्थिक विकासको डिग्री मूल्याङ्कन गर्ने मापदण्डहरू कुल गार्हस्थ्य उत्पादन, कूल राष्ट्रिय उत्पादन, प्रतिव्यक्ति आय, औद्योगीकरणको स्तर, व्यापक पूर्वाधारको मात्रा र सामान्य जीवनस्तर हुन्।[१]

विकसित देशहरूमा सामान्यतया बढि उन्नत पोस्ट-औद्योगिक अर्थतन्त्रहरू छन्, यसको मतलब सेवा क्षेत्रले औद्योगिक क्षेत्र भन्दा बढी सम्पत्ति प्रदान गर्दछ। तिनीहरू विकासोन्मुख देशहरूसँग विपरित छन्, जुन औद्योगिकीकरणको प्रक्रियामा छन् वा पूर्व-औद्योगिक र लगभग पूर्ण रूपमा कृषि प्रधान छन्, जसमध्ये केही अल्पविकसित देशहरूको श्रेणीमा पर्न सक्छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Developed Economy Definition वेब्याक मेसिन अभिलेखिकरण २२ मार्च २०१६ मिति. Investopedia (16 April 2010). Retrieved 12 July 2013.
  2. International Monetary Fund, "World Economic Outlook Database, April 2023", International Monetary Fund, मूलबाट १३ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०२३