विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/हिमाल सुबेदी
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
हिमाल सुबेदी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १० अप्रिल २०२० १६:१७ युटिसी भन्दा पूर्व नसकिने
म हिमाल सुबेदी। नेपाली विकिपिडियामा म विगत ३ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा मैले नेपाली विकिपिडियाको इतिहासमै सर्वाधिक प्रमुख लेखहरू लेखेको छु भने म द्वारा निर्माण गरीएका केही पृष्ठहरू नेपाली विकिपिडियाको सर्वाधिक लामो पृष्ठको रूपमा परिचित छन्। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
- मेरा कार्यहरू
- सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
- सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र ३००० बाइट भन्दा बढी)
- विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
- पृष्ठ तथ्याङ्क ७५३ पृष्ठ, कुल पृष्ठ आकार ५.९४ मेगाबाइट्स, औसत पृष्ठ आकार ८.०८
- मैले प्रमुख पृष्ठका लागि ७० भन्दा बढी आवेदन
- सम्पादन १०,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना
- प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको छ र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको छ जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)
- नेपाली विकिपिडियाको समस्या
- प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
- प्रमुख समाचार परिवर्तन (समाधान हुन बाँकी)
- सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (समाधान हुन बाँकी)
- मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
- अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
- धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
- सामग्री अनुवादको दुरुपयोग (समाधान हुन बाँकी)
- सक्रिय प्रयोगकर्ताको कमी (समाधान हुन बाँकी)
- गैर अङ्ग्रेजी भाषिक समस्या (समाधान हुन बाँकी)
- प्रबन्धक बनेपछिका मेरा कार्यहरू
- प्रमुख पृष्ठ लेखनमा निरन्तरता
- प्रमुख समाचार लेखन
- ढाँचा नेपालीकरण
- सम्पादनमा निरन्तरता
- छोटो पृष्ठ लेखनको अन्त्य
- हरेक २ वा ३ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
- गैर अङ्ग्रेजी भाषिक समस्याको अन्त्य
- नेपाली विकिपिडियाको गहिराई ५० पुर्याउने लक्ष्य (हाल २६) --हिमाल सुबेदी (कुरा गर्ने) २०:०१, २ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
[सम्पादन गर्नुहोस्]विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- हिमाल सुबेदीज्यूले प्रबन्धक अधिकारको निम्ति राख्नुभएको यस आवेदन र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरूको अध्ययन गर्दा निम्र बमोजिमका न्युनतम योग्यताहरू अस्पष्ट देखिएको हुँदा सो विषयमा थप स्पष्ट पारिदिनहुन आग्रह गर्दछु।
- प्रबन्धकलाई विशेष प्राविधिक औजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो औजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
- मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
यसको साथै प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू अध्ययन गरी सोही अनुसार आवेदनलाई अन्य केही बुँदाहरू पनि स्पष्ट पार्नुपर्ने आवश्यकता देख्तछु। अनि अर्को कुरा के कति समयको लागि प्रबन्धक अधिकार चाहिएको हो सो पनि खुलाउन भए राम्रो हुन्थ्यो। --Nirajan pant (कुरा गर्ने) २१:०१, २ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- थप प्रश्न
- तपाईँको विचार यस विकिपिडियामा कुन नीति सबैभन्दा महत्वपूर्ण छ? यस विकिपिडियामा नीति तथा दिशानिर्देशसँग सम्बन्धित धेरै पृष्ठहरू निर्माणाधीन रहेका छन् भने कतिपय ठुटा अवस्थामा रहेका छन्, यस सम्बन्धमा तपाईँको धारणा के छ र यसलाई कसरी पूर्णता दिन सकिन्छ?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२४, ८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- उत्तर
- मेटाउन मिल्ने आधार पालना नीति:
नेपाली विकिपिडियामा रहेका ठुटो पृष्ठ मेटाउने तथा शीघ्र मेटाउन मिल्ने आधारलाई पूर्ण रूपमा पालना गर्नुपर्ने आवश्यक छ जस्तै यस नीति अन्तर्गत ६ सङ्ख्यामा रहेको प्राविधिक मेट्ने आधारलाई यहाँ पूर्णरूपमा पालना गरेको पाइएको छैन।
- गैर अङ्ग्रेजी पृष्ठ शीर्षक नीति:
नेपाली विकिपिडियामा रहेका कयौँ गैर अङ्ग्रेजी पृष्ठहरूको शीर्षक यहाँ गलत रूपमा लेखिएको छ (उदाहरणका लागि:रेआल माद्रिद नामक विश्वप्रसिद्ध स्पेनी क्लबको नाम गलत तरीकाले रियल म्याड्रिड लेखिएको छ, विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्तिआनो रोनल्दोलाई गलत रूपमा क्रिस्टियानो रोनाल्डो लेखिएको छ।) जसलाई एउटा कडा नीति र मापदण्डको निर्माण गरि यस्ता समस्यहरूलाई निर्मूल पार्नु पर्दछ।
- सामग्री अनुवादको दुरुपयोग:
विकिमिडियाद्वारा निर्माण गरिएको सामग्री अनुवादलाई नेपाली विकिपिडियामा गलत रूपमा प्रयोग गरिएको छ, यसको प्रयोग गर्नु हुँदैन त म भन्दिनँ तर विभिन्न भाषाबाट अनुवाद गरि बनाइएका पृष्ठलाई सामग्री अनुवाद गरि पूर्ण रूपमा प्रतिलिपी गरिएको छ। यस्ता पृष्ठहरूमा अत्याधिक हिज्जे गलत, व्याकरण गलत, भाषा गलत, गैर नेपाली भाषाको अत्याधिक प्रयोग, वाक्य गठन तथा लेखकमा त्रुटि जस्ता समस्य देखिएका छन् जसलाई नेपाली भाषी पाठकले बुझ्न निकै कठिन हुन्छ। उदाहरणका लागि यो हेर्नुहोस्
- मिति र स्थानीय विद्यालय मेटाउने सम्बन्धित नीति:
नेपाली विकिपिडियामा हजारौँ मिति तथा स्थानीय विद्यालयहरूको पृष्ठ बनाइएको छ जुन भने सबै पृष्ठहरू ठुटो अवस्थामा रहेका छन्, मितिको सम्बन्धमा यस्ता पृष्ठहरूमा कुनै पनि सामग्री नरहेको र यन्त्रद्वारा निर्माण गरिएका छन् भने यस्ता पृष्ठहरू कयौँ वर्षदेखि अद्यावधिक गरिएको छैनन् भने स्थानीय विद्यालयका सम्बन्धमा यस्ता पृष्ठ हरूमा कुनै पनि ठोस स्रोतहरू रहेका छैनन् भने यी पृष्ठहरू उल्लेखनिय छैनन। त्यसैले यस्ता पृष्ठलाई मेटाउनका लागि एक ठोस नीतिको निर्माण गरिनु पर्दछ। (उदाहरणका लागि यो, यो हेर्नुहोला
यी नीतिहरूको तत्काल निर्माण तथा कार्यनयन गरिनु पर्छ। जसले नेपाली विकिपिडियामा स्तरलाई अभिवृद्धि गर्न मद्दत गर्दछ।-हिमाल सुबेदी (कुरा गर्ने) १९:४३, ८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- धन्यवाद हिमाल सुबेदी ज्यू, मेरो अन्तिम प्रश्न, तपाईँले माथि औल्याउनुभएका मिति तथा विद्यालयहरूसँग सम्बन्धित लेखहरूलाई मेट्न तपाईँ कसरी अघि सर्नुहुन्छ?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४७, १० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- नेपाली विकिपिडियामा रहेका केही विद्यालयका पृष्ठहरू बाहेक अन्य पृष्ठ उल्लेखनीय विषय होइनन्, किनभने त्यस्ता पृष्ठहरूमा न त स्रोत छ न त सामग्रीहरू नै छ। त्यसैले यस्ता पृष्ठहरूलाई पहिला शीघ्र मेटाउनका लागि नामाङ्कन गरि एकैपटकमा मेटाउन उपयुक्त हुन्छ र मितिको विषयमा पनि त्यस्तै अवस्था छ, मितिका कयौँ पृष्ठहरू यन्त्रद्वारा ठूलो मात्रामा बनाइएका छन् भने सबै पृष्ठमा एउटा शीर्षकहरूको प्रयोग भएको छ र ती पृष्ठहरू शीर्षकमा मात्र सिमित छन्, त्यहाँ कुनै पनि सामग्रीहरू तथा स्रोतहरू रहेका छैनन्। त्यसैले यस्ता पृष्ठहरूलाई मेटाउँदा गहिराइ बढाउनमा सहयोग मिल्दछ। धन्यवाद -हिमाल सुबेदी (कुरा गर्ने) १८:३४, ११ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- धन्यवाद हिमाल सुबेदी ज्यू, मेरो अन्तिम प्रश्न, तपाईँले माथि औल्याउनुभएका मिति तथा विद्यालयहरूसँग सम्बन्धित लेखहरूलाई मेट्न तपाईँ कसरी अघि सर्नुहुन्छ?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४७, १० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- निर्णय
स्पष्ट सहमति नभएको कारणले आवेदनलाई असफल घोषित गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०१, २७ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।