विकिपिडिया:प्रयोगकर्ता नाम परिवर्तन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ मा विकिमीडियाले नेपाली विकिपिडिया सहित विकिमीडिया परियोजनाहरूमा एकल प्रयोगकर्ता लग इन (एसयुयल) कार्यान्वयन गरेको हो । सबै प्रयोगकर्ता नाम अब विश्वव्यापी छन् तथा कुनै विशेष परियोजनामा मात्रै सिमित छैनन् । नेपाली विकिपिडियामा कुनै प्रयोगकर्तालाई आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्ने इच्छा भएमा विश्वव्यापी पुनःनामाकरण नीति अनुसार स्थानीय प्रशासकहरूलाई अनुरोध गर्न सकिनेछ । प्रयोगकर्ता नाम अनुरोध गर्दा भ्रामक, विघटनकारी, प्रचार, आपत्तिजनक नामहरू स्वीकार गरिदैन । यस पुरै पृष्ठमा भएका नीतिनिर्देशनहरू पढी तल सूचीबद्ध गरिएका दुई स्थानहरू मध्ये कुनै एकमा अनुरोध गर्न सकिनेछ ।

अवश्य पढ्नुहोस्[सम्पादन गर्नुहोस्]

  • पुनःनामाकरणले तपाईंको योगदानहरू र प्रयोगकर्ता पृष्ठ तपाईंको नयाँ नाममा सार्नेछ साथै तपाईंको खाता प्राथमिकताहरू संरक्षित गर्नेछ ।
  • सर्भर व्यस्त अथवा कार्य व्यस्त रहेको समयमा सम्भाव्य तपाईको नयाँ प्रयोगकर्तानाममा तपाईंको योगदानहरू सारिन केहि घण्टा लाग्न सक्छ ।
  • तपाईंको वास्तविक नामले तपाईंलाई चिन्न सजिलो पार्नुका साथै केहि हैरान पार्न सक्छ ।

सीमितता र प्रतिबन्धहरू[सम्पादन गर्नुहोस्]

  • खाता समाहित वा मेटाउन सकिँदैन । त्यसलाई मात्र पुन: नामाकरण गर्न सकिन्छ ।
  • एउटा पहिचान गरिसकिएको आईपी ठेगानामा योगदानहरू प्रदान गर्न सम्भव छैन (बिना प्रवेश गरि गरिएको सम्पादनहरू) ।
  • प्रयोगकर्ता नामहरू प्रयोगकर्ता नाम प्राविधिक प्रतिबन्धको विषय हो ।
  • पहिले देखि रहेको प्रयोगकर्ता योगदानहरू तथा हस्ताक्षरलाई यस प्रक्रियाले प्रभावित गर्ने छैन ।
  • पुन:नामकरण प्रयोगकर्ता नाम परिवर्तन लगविश्वव्यापी नाम परिवर्तन लगमा हेर्न सकिन्छ तथा अनुरोधहरू आर्काइभमा सारिनेछ ।

स्थानहरू:[सम्पादन गर्नुहोस्]

तपाईंले अनुरोधको लागि सहि स्थान छनौट गर्नु महत्त्वपूर्ण हुन्छ; अन्यथा यस प्रक्रियामा ढिलाई वा अस्वीकृत हुन सक्छ । तपाईं पूर्ण रूपले पक्का भइसकेपछि सही स्थानको लागि अगाडी बढ्नुका साथै यहाँ भएका निर्देशनहरू पालन गर्नुहोस ।

  • प्रयोगकर्ता नाम परिवर्तन अनुरोध - सिधै विश्वव्यापी नाम परिवर्तनको लागि प्रयोग गर्नसक्नु हुनेछ । यस अवतरणको लागि तपाईंको इमेल ठेगाना आवश्यक पर्दछ यदि यो उपलब्ध छैन भने तल दिइएको स्थानको प्रयोग गर्नुहोस ।
  • सरल – नेपाली विकिपिडियामा कुनै प्रयोगकर्तालाई प्रयोगकर्ता नाम परिवर्तन गर्नु परेमा यहाँ अनुरोध गर्न सकिन्छ । नाम उपलब्ध छ वा छैन त्यसको लागि केन्द्रीय प्रमाणीकरण हेर्नुहोला - यदि सो प्रयोगकर्तानाम विकिपिडियाको कुनै परियोजनामा लिईसकिएको छ भने त्यसको प्रयोग तपाईं गर्न सक्नुहुन्न ।