विकिपिडिया:विकिपिडिया एसियाली महिना/प्रश्नउत्तर
स्वरूप
विकिपिडिया एसियाली महिना का सहभागीहरूका लागी सहयोगी प्रश्न तथा उत्तर देहाय बमोजिम रहेको छ ।
पोस्टकार्ड सम्बन्धी
[सम्पादन गर्नुहोस्]- प्र: एउटा प्रयोगकर्ताले कतिवटासम्म पोस्टकार्डहरू प्राप्त गर्न सक्छन् ?
- ज: एउटा विकिपिडियाको नियमहरू अनुसारको आवश्यकता पुरा गर्ने हरेक प्रयोगकर्ताले एक पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि एक प्रयोगकर्ताले यस कार्यक्रमलाई दुई भाषाहरूमा भाग लिएर दुईवटा कै आवश्यकता पुरा गरे भने दुइटा पोस्टकार्ड प्राप्त गर्नेछन् । स्थानिय आयोजकहरूले आयोजना गर्न लागेको हरेक विकिपिडियाको लागी एक पोस्टकार्ड प्राप्त गर्नेछन् ।
- प्र: यसको मतलब, यदि मैले एउटा विकिपिडियामा दस वटा लेख निर्माण गरे भने दुइ पोस्टकार्ड प्राप्त गर्नेछु ।
- ज: होइन, आवश्यकता पूरा हुनको लागी चाहिने न्यूनतम लेख संख्या ४ हो ।
- प्र: मैले जम्मा कतिवटा सम्म पोस्टकार्ड प्राप्त गर्नसक्छु ?
- ज: सात
- प्र: मैले कुन देशको पोस्टकार्ड प्राप्त गर्नेछु ?
- ज: कुन प्रयोगकर्ताले कुन देशको पोस्टकार्ड प्राप्त गर्छ भन्ने कुरा पोस्टकार्ड वितरण नभई कसैलाई थाहा हुदैन ।
विकिपिडिया एसियाली राजदुत सम्बन्धी
[सम्पादन गर्नुहोस्]- प्रः मैले एक भन्दा बढी विकिपिडियामा सबैभन्दा बढि लेख तयार गरे भने, के मैले एक भन्दा बढी विकिपिडियामा "राजदूत" को सम्मान प्राप्त गर्न सक्छु?
- जः तपाईले योगदानको गरेको हरेक विकिपिडियामा तपाईले सम्मान प्राप्त गर्नु हुनेछ भने तपाईले कम योगदान गरेको विकिपिडियामा दोश्रो व्यक्तिलाई पनि "विकिपिडिया एसियाली राजदूत" को रूपमा सम्मान गरिनेछ ।
- प्रः "विकिपिडिया एसियाली राजदूत" को रूपमा सम्मान भए पश्चात मैले के प्राप्त गर्नेछु?
- जः तपाईले अतिरिक्त पोस्टकार्ड तथा डिजिटल प्रमाणपत्र प्राप्त गर्नु हुनेछ! यो प्रमाणपत्र कागजी दस्तावेज हुने छ र हामी स्कयान गरि तपाईलाई पठाउने छौ । साथै हामी कुरियरबाट कागजी दस्तावेज समेत पठाउने छौ ।
- प्रः कुनै ए विकिपिडियामा दुई वा दुई भन्दा बढी सहभागीले सबैभन्दा बढि लेखको योगदान गरे भने के हुन्छ?
- जः एउटा भाषाको विकिपिडियामा एक जना मात्र राजदुत हुने हुँदा सहभागीले योगदान गरेका लेखहरूको बाइटलाई पुनः गणना गरिने छ ।
नियमहरू सम्बन्धी
[सम्पादन गर्नुहोस्]- प्रः मैले विशेष लेख लेखेको खण्डमा के मैले धेरै अंक प्राप्त गर्नेछु ?
- जः होइन, यो लेख प्रतियोगिता होइन, यद्यपि हामि तपाईहरूलाई राम्रो लेख लेख्नको लागी प्रोत्साहन दिन्छौ ।
- प्रः म एसियाको राष्ट्रमा बसोबास गर्दैन, के मैले यस कार्यक्रममा सहभागी हुन सक्छु ?
- जः सक्नु हुन्छ, यसमा कुनै बन्देज छैन् ।
- प्रः के यस कार्यक्रममा दर्ता नभएका आईपि प्रयोगकर्ता समेत सहभागी हुन सक्छन् ?
- जः ड्बलुएमएफल्याब तथा हाम्रो औजारको प्रतिबन्धको कारणले दर्ता नभएको आईपि प्रयोगकर्ताले सहभागिता जनाउन सक्ने छैन् । तर हामी तपाईलाई आफ्नो खाता दर्ता गरि सहभागिताको लागी प्रोत्साहन गर्दछौ यसले तपाईको गोप्नियतालाई समेत सुरक्षित राख्दछ ।
- प्रः यदी लेखको विषय (व्यक्ति) एक एसियाली मुलको तर एसियाली राष्ट्रमा जन्म नलिएको व्यक्ति भएको के यस्तो लेख स्विकारयोग्य हुन्छ ?
- जः हुदैन । तर कुनै व्यक्ति एसियाली मुलुकमा जन्म लिएको तर एसिया भन्दा बाहिर उल्लेखनीय कार्य गरेको भए स्विकारयोग्य हुनेछ ।
- प्रः यदी लेखको विषय (व्यक्ति) एक एसियाली मुलको नभएको तर एसियाली संस्कृती प्रर्बद्धनमा उल्लेखनीय भूमिका निभाएको व्यक्ति भएको के यस्तो लेख स्विकारयोग्य हुन्छ ?
- जः हुन्छ । कुनै व्यक्ति एसियाली मुलुकमा जन्म नलिएको तर एसियाली मुलुकमा उल्लेखनीय भूमिका निभाएको व्यक्तिको सम्बन्धको लेख स्विकारयोग्य हुनेछ ।
- प्रः के मैले अन्य भाषाबाट लेख अनुवाद गर्न सक्छु ।
- जः सक्नु हुन्छ ।
समस्या
[सम्पादन गर्नुहोस्]- प्रःशीर्षक पेश गर्नै टुल्स मेरो मोबाइलमा खुल्दै खुलेन के गर्ने होला ।