विकिपिडिया:विकिमेनिया २०१५ प्रतिवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिमेनिया २०१५ - मेक्सिको सिटी

विकिमेनिया २०१५ एउटा वार्षिक सम्मेलन हो जसमा विकिपिडिया र यसका भातृयोजनाहरूका स्वयंसेवकहरूको सम्मेलन, वार्तालाप, भेटघाट तथा ह्याकाथन गरेर मनाइने गरिन्छ । यस वर्षको विकिमेनियामा ४० राष्ट्रका विकिमिडियनहरूको सहभागिता रहेको थियो ।

नेपाली समुदायबाट सहभागी विकिमिडियनहरू:


उपलब्धि[सम्पादन गर्नुहोस्]

  • नेपाली विकिपिडिया तथा यसमा भइरहेका विभिन्न आयोजनाहरू बारे जानकारी दिन पहिलो पटक विकिमेनियामा कम्युनिटी भिलेज (सामाजिक केन्द्र)मा एउटा स्टल सञ्चालन गरियो । (https://wikimania2015.wikimedia.org/wiki/Community_Village)
  • स्टल मार्फत विभिन्न मुलुकका विकिमिडियनहरूलाई नेपाली विकिपिडिया प्रयोगकर्ता समूहले नेपालमा सञ्चालन गरेका क्रियाकलापहरूको जानकारी दिन सफल भयो ।
  • डिजिटल राइट, विकिडेटा, कमन्स, विकि लभ्स अर्थ र विकि लभ्स मोन्युमेन्ट्स, कन्टेन्ट ट्रान्सलेसन, विकी शिक्षा कार्यक्रम, विकिमेड, विकिलाइब्रेरीसम्बन्धि विभिन्न वार्तालापमा तथा भेटघाटमा भाग लिइयो ।
  • एसियाका भाषाहरूका विकिपिडियामा भइरहेको गतिविधिहरू बारे जानकारी दिन भेटघाट कार्यक्रममा भाग लिइयो ।
  • किविक्सका विकासकर्ता रसिक अहमदसँग किविक्सको बारेमा विस्तारसँग जानकारी प्राप्त गर्न सकियो ।
  • कार्यक्रमको अन्तिम चरणमा विकिपिडियाको सहसंस्थापक जिमी वेल्सलाई नेपाली टोपी लगाएर सम्मान गरियो ।

चुनौती[सम्पादन गर्नुहोस्]

  • अध्यागमनले सताउने समस्याले विकी स्वयंसेवकहरूलाई पनि छोडेन ।
  • विकिमेनियामा के-के गर्न सकिन्छ भन्ने थाह नहुनु हाम्रा लागि ठूलो चुनौती रह्यो ।

सिकाइ[सम्पादन गर्नुहोस्]

  • नेपाली विकिपिडियाभित्र तथा बाहिर भइरहेको गतिविधिहरूलाई मेटामा राख्ने जसले गर्दा सो को जानकारी अन्य विकिका प्रयोगकर्ता तथा सङ्गठनलाई हामीले गरेका कार्यहरूबारे जानकारी लिन सजिलो हुनेछ ।
  • विकिमिडिया नेपालको सपना छिट्टै साकार पार्न विभिन्न वाह्य विकी गतिविधिहरू द्रुत गतिमा अगाडि बढाउन सकिने।
  • विकिमेनियामा नेपाली समुदायबाट बाक्लो सहभागिताका लागि विकिमेनियामा पहिले पनि छात्रवृति पाइसकेका विकिमिडियनहरूको समूहद्वारा आउने विकिमेनियामा छात्रवृति फारम समिक्षा गराउन सकिने ।
  • नेपालका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनहरूलाई एक थलोमा जम्मा गरी नयाँ विचार र भेटघाट गराउन विकिपिडिया राष्ट्रिय सम्मेलन (विकी कन्फ्रेन्स नेपाल) गर्न सकिने ।

विकिमेनियाबाट तस्बिरहरू[सम्पादन गर्नुहोस्]

यो प्रतिवेदन विकिमेनिया २०१५ मा नेपाली समुदायबाट गएका तिनै जनाले त्यहाँ गरेको अनुभवको आधारमा तयार पारेका हुन् ।