विकिपिडिया:विकि-१० समाचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाको दशौं जन्मोत्सव * विकि-१० Programs * विकि-१० News * विकि-१० Picture Gallary




समाचार

“नेपाली विकिपिडियाले दशौं जन्मोत्सव मनायो”

‘एक विश्वकोष तर जोसुकैले पनि सम्पादन गर्न सक्ने’ विकिपिडियाको अवधारणा यो हो। विश्वका २८५ भाषामा सन्दर्भ सामग्री पस्किरहेको विकिपिडियाको नेपाली पृष्ठ नेपाली विकिपिडिया (ne.wikipedia.org) जेठ २१ गते दश बर्ष पुगेको छ। २० हजार विषयका लेखहरू सहित नेपाली विकिपिडिया विश्वमा ८७औ स्थानमा पर्दछ। जवकी नेवारी विकिपिडिया ७० हजार लेख सहित ४९ औं स्थानमा छ।

नेपाली विकिपिडियाको “गौरवमय दश वर्ष” अर्थात् दशौं जन्मोत्सव आज ललितपुरमा मनाइयो जसमा ह्याक जात्रा, विकी सम्पादन तथा औपचारिक जन्मोत्सवको कार्यक्रम दिनभर चल्यो।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त विनय कसजूले ह्याक जात्राको उद्घाटन गर्नुभयो। दिनभर चलेको ह्याक जात्रामा सफ्टवेयर डेभलपर र इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूले भाग लिएका थिए।

एउटा हलमा केही डेभलपरहरू विभिन्न कोडहरू ह्याक गर्दै थिए भनें अर्को हलमा सहभागीहरू विभिन्न भाषामा लेख तयार गर्ने र पोस्ट गर्ने गरिरहेका थिए।

दिउसो ठीक २ बजे दशौं जन्मोत्सवको समारोह सुरू भयो जसमा केही वार्ता र केक पार्टी भयो।

कार्यक्रममा नेपाली विकिपिडियाका अग्रदूत इन्दिवर बडालले नेपालमा विकिपिडिया कसरी सुरू भयो भन्ने जानकारी दिनुभयो। विश्व विकिपिडिया सुरू भएको एक बर्षपछि नै नेपालमा सन् २००२को जून ३ तारिख इन्दिवर बडालले नेपाली विकिपिडियाको सुरूवात गर्नुभएको थियो।

आफूले सुरू गरेको विकि अभियान यहाँसम्म आइपुगेकोमा अहिलेसम्म विकिपिडियामा योगदान दिने सबैलाई वहाँले बधाई दिनुभयो।

नेपाली विकिपिडियाका प्रवन्धक सरोज ढकालले विकिपिडियाको परिचय दिँदै यसमा भैरहेका प्रगतिहरूको बारेमा प्रकाश पार्नुभयो। वहाँले यसमा प्रयोग भैरहेका नयाँ प्रविधिहरूको पनि चर्चा गर्नुभयो।

नेपाली ब्लगर तथा हाम्राकुरा डट कम का अनलाईन सम्पादक गौरव पोखरेलले नेपालमा अनलाइन मिडियाले अहिलेसम्म पनि प्रेसको हैसियत पाउन नसकेको गुनासो गर्नुभयो। वहाँले स्थानीय सामग्रीको विकासका लागि अनलाइनऽ ब्लग र विकिपिडियाको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नेपाली विकिपिडिया विश्वसनीय सन्दर्भ सामग्रीको रूपमा बढ्दै गएको बताउनुभयो।

जन्मदिनको औपचारिक कार्यक्रममा प्राज्ञ तथा साहित्यकार तुलसी दिवसले आफूसँग भएको ज्ञान नयाँ पीँढीलाई हस्तान्तरण नगरे त्यसको अर्थ नहुने भन्दै विकिपिडिया ज्ञान हस्तान्तरणका लागि उपयोगी माध्यम बन्ने बताउनुभयो। वहाँले बोक्सीले पनि आफू मर्नेबेलामा आफ्नो ज्ञान हस्तान्तरण गरेर जाने दृष्टान्त दिँदै नेपाली लोक संस्कृति र लोकवार्ताको बारेमा लेख सृजना गर्न सके विश्वले नेपाललाई अझ राम्रोसँग चिन्ने मौका पाउने धारणा राख्नुभयो।

नेपाल टेलिकमका सूचना प्रविधि निर्देशक शिव भूषण लालले सन्दर्भ सामग्रीको रूपमा विकिपिडिया प्रयोग गर्ने जमात बढीरहेको उल्लेख गर्दै नेपाली विकिपिडियाले यसको पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो। वहाँले स्थानीय सामग्री तयार तथा होस्ट गर्नका लागि नेपाल टेलिकमले पनि कार्यक्रम ल्याउन लागेको बताउनुभयो। निर्देशक लालले पूर्वाधार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएकोले टेलिकम हाल पूर्वाधार तयार गर्न लागेको बताउँदै स्तरीय इन्टरनेट सुविधामा पहुँचका साथसाथै विकि जस्ता ज्ञानकोषहरूको पनि विकास हुने विचार प्रकट गर्नुभयो।

नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क एनरेनका राजन पराजुलीले अनुसन्धान तथा सृजनाका लागि विकिपिडिया लगायत सबैलाई एनरेनले सहयोग गर्ने बताउनुभयो।

विकिमीडिया फाउण्डेसनका हिसम मुण्डोलले नेपाली विकिपिडियाले गरेको प्रगति बाट आफू उत्साहित भएको उल्लेख गर्दै स्थानीय भाषामा निःशुल्क ज्ञान सृजना र वितरण गर्न विकिपिडियाको स्थानीय समुदाय नै मजबूत हुनुपर्ने बताउनुभयो।

नेपाली विकिपिडियाका प्रशासक गणेश पौडेलले मैथिली, तामाङ, थारू, गुरुङ, लिम्बू, अवधि, शेर्पा लगायतका भाषामा पनि विकिपेजहरू सुरू हुन लागेको जानकारी दिँदै यसले राष्ट्रिय एकता झन् मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

भाषा तथा सञ्चार कर्मी केदार शर्माले आफ्नो अभिरूचिका विषयमा लेख लेख्न सुरू गरेमा छिटो समयमानै पर्याप्त सामग्री विकास हुने धारणा राख्नुभयो।

कार्यक्रममा फोस नेपालका हेमपाल श्रेष्ठ र


Celebrating 10 glorious years of Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

(Kathmandu, 3 June, 2012): The Nepali Wikipedia community celebrated the 10th anniversary of Nepali Wikipedia on 3rd June, 2012 at Nepal Research and Education Network, Sanepa in Lalitpur, Kathmandu.

The celebrations were inaugurated by the Chief Information Commissioner Mr. Vinaya Kumar Kasajoo with Hack Jatra (Hakathon) started at 11:00 a.m that concluded at 5:00 p.m. Professional software developers and engineering students participated in the Hakathon. Parallelly online contribution was made by the other participants.

The formal celebration session was chaired by Prof. Tulsi Divasa, a reknowned Nepali writer and folklore scholar.

Addressing on the formal program Professor Divasa said if a scholar dies without transforming his knowledge to the new generation, the knowledge is meaningless. He related this with a saying “If a witch could not transform her knowledge to anybody, she makes a hole where she dies.” Ganesh Paudel, a Nepali Wikipedian informed that many other projects in various Nepali languages like Maithili, Tamang, Tharu, Gurung, Limbu, Awadhi and Sherpa are coming out from incubation. “These upcoming wikis can tie the knot of national integrity.” Paudel added.

Pioneer of Nepali Wikipedia Indiver Badal led the cake party of the “Glorious 10th Year Celebration.”

Wikipedia is a free online encyclopaedia with almost 40 lakh articles on different subjects. It exists in all major languages of the world including Nepali and many Indian languages. The Nepali Wikipedia (ne.wikipedia.org) has over 20,000 articles and gets over 7.5 lakh page views per month. Currently, 75 active contributors on Nepali Wikipedia contribute to these articles from different parts of the world.

Mr. Paudel explains, “This celebration is to mark the extraordinary effort of our community members and to invite new contributors to join Wikipedia! There are a lot of thing in Nepal's diverse culture which needs to be written about. We usually conduct small sessions to teach people about how to contribute to articles on Wikipedia.”

So, what do these Wikipedians do? The answer is: they run Wikiprojects online to improve content on Nepali culture, costumes, mountains and geography. Some of them work on physics, chemistry and medicine related articles just for the love of the language and to which helps Nepali people get information in their own language.

The attendance of Hisham Mundol from the Wikimedia Foundation has encouraged the Nepali Wikipedians to take up new projects and suggest ways of increasing the community strength.

Saroj Dhakal, another Wikipedian adds, “Although Wikipedia is widely used by students across the globe, not many know that this information is contributed by common people, young and old from all walks of life! In Nepali and Newari especially, the awareness and the number of contributors really needs to be increased.”