विकिपिडिया:विकि ज्ञान समूह २०२०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकि ज्ञान समूह २०२०
Wiki Knowledge Club 2020
विकि शिक्षा कार्यक्रमको लोगो
मिति(हरू)सन् २०२०
आरम्भसन् २०२० जनवरी ३
समाप्तिसन् २०२० जनवरी १८
स्थान(हरू)पिपल्स क्याम्पस
उद्घाटन२०२०
सहभागीहरूविद्यार्थी
उपस्थिति२२
आयोजनकर्ताविकिपिडियन

विकि ज्ञान समूह २०२० विद्यार्थीहरूलाई विकिमिडियाको परियोजनाहरू सम्बन्धी जानकारी तथा विकिमिडिया शिक्षा सम्बन्धी सञ्चालन गरिएको कार्यक्रम हो। यस कार्यक्रमको नामाकरण विकि ज्ञान समूह २०२० (अङ्ग्रेजी: Wiki Knowledge Club 2020) राखिएको थियो। यस कार्यक्रममा १३ वटा विभिन्न विषयहरूमा कक्षा सञ्चालन गरी सहभागीहरूलाई विकिमिडिया परियोजना सम्बन्धी ज्ञान दिइएको थियो। यो कार्यक्रम पिपल्स क्याम्पसको सहयोगमा पिपल्स क्याम्पसमा १८ पौष २०७६ देखि ४ माघ २०७६ सम्म सञ्चालन गरिएको थियो । यस कार्यक्रममा २२ जना स्नातक तहका विद्यार्थीहरू सहभागी भएका थिए। यस कार्यक्रममा सहभागीहरूलाई विकिपिडिया, विकिडाटा, विकिमिडिया कमन्स तथा विक्सनरी सम्बन्धी ज्ञान दिइएको थियो ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]