विकिपिडिया:विकी लभ्स अर्थ २०१७ (नेपाल)
स्वरूप
विकी लभ्स अर्थ Wiki Loves Earth | |
---|---|
मिति(हरू) | सन् २०१७ |
आरम्भ | सन् २०१७ मे १ |
समाप्ति | सन् २०१७ मे ३१ |
सक्रिय वर्ष | ५ |
उद्घाटन | २०१३ |
सहभागीहरू | फोटोग्राफरहरू |
आयोजनकर्ता | विकिपिडियन |
विकी लभ्स अर्थ २०१७ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१७ देखी ३१ मे, २०१७ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]विकीपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकीमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । २०१४, २०१५ र २०१६ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत २० भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको लिङ्क
[सम्पादन गर्नुहोस्]प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।