विकिपिडिया वार्ता:विश्वव्यापी आचार संहिता/नेपाली समुदाय परामर्श सारांश
Jump to navigation
Jump to search
जानकारी सम्बन्धमा[सम्पादन गर्ने]
नेपाली विकिपिडियामा विश्वव्यापी आचार संहिता सम्बन्धी स्थानीय विकी परामर्श सन् २०२१ जनवरी १८ मा सुरु गरिएको थियो भने अन्त्य सन् २०२१ मार्च ४ मा भएको थियो। यस महत्वपूर्ण छलफलमा समुदायका सबै सक्रिय तथा हाल निस्क्रिय रहेका प्रयोगकर्ताहरूद्वारा राखिएको मत, सल्लाह, विचार तथा सुझावको आधारमा नेपाली समुदाय परामर्श सारांश प्रतिवेदन तैयार पारी समुदाय समक्ष प्रस्तुत गरेको छु। यस सम्बन्धमा यहाँहरूको महत्वपूर्ण टिप्पणीको अपेक्षा सहित समुदायलाई पुन: धन्यवाद दिन चाहन्छु।--BAnand (WMF) (कुरा गर्ने) ११:०९, १६ अप्रिल २०२१ (नेपाली समय)