विकिपीडिया:प्रयोगस्थल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

“तमु ल्होसार”

तमु ल्होसार हरेक बर्ष पौष महिनाको १५ गते तदानुसार अंग्रेजी महिनाको डिसेम्बर ३० तारिखमा पर्दछ। यो पर्ब प्राचीनकाल देखि मनाउदै आएता पनि पहिला पहिला गाउँ घरमा ल्होसार वा ल्होछार भन्ने शब्द त्यति प्रचलनमा आएको पाईदैन। तथापि बिशेष गरेर गुरुङ् जातिका मानिसका साथै नेपाल देशमा बसोबास गर्ने सम्पुर्ण युवा युवतीहरूले तिहारमा देउसे भैलो खेलेर जम्मा गरेको पैसा (दक्षिणा) बाट सरसामाग्री जुटाएर आ-आफ्नो घरबाट चामल ल्याई खेत वा बारीको कुनामा अस्थायी कटेरो बनाएर मासु र भात (स्यो कें), सेल रोटी,यताकदा(रक्सी) खाने र रात भरि मादल बजाएर गीत गाएर बस्ने, रमाइलो गर्ने प्रचलन भएको पाईन्छ। साथै तमुहरू पशुपालन र खेतिपाती गरेर जिविकोपार्जन गर्ने र प्रकृति तथा मौसममा विश्वास अनि भर पर्ने भएको हुनाले ल्होसार को दिन बाट शिशिर वा जाडो सकिएर बसन्त ऋतु सुरु भएकोमा खुसियाली मनाउनु हो। तमुहरूको उमेर गन्दा र ग्रह दशा हेराउदा बर्ग (ल्हो) लाई मुख्य आधर मान्ने चलन पाईन्छ। तमुहरूको बर्ग अनुसार सोहि बर्षको पौष १४ मा जन्मेको बालकको उमेर पौष १५ पछि दुई बर्ष गनिन्छ। साथै पौष १५ को दिनमा जन्मेको बालकलाई गाउँ घरमा प्लपप्ल (दोमासे) भन्ने चलन पाईन्छ। लुनर क्यालेन्डरमा आधरित भएको हुनाले अर्थात ल्हो (बर्ग) फेरिने दिन भएको हुनाले यो दिनलाई तमुहरूको नयाँ वर्ष भन्ने चलन पाईन्छ यद्दपि तमु बर्ग चक्र अनुसार हरेक १२ वर्ष पछि बर्ग दोहरिन्छ। बर्ग फेरिने क्रममा ब्यक्तिको भबिष्यमा राम्रो नराम्रो समय आउन सक्ने बिश्वास भएको कारण सोहि दिनमा वा त्यस दिन पछि नराम्रो दिन तथा ग्रह दशा नराम्रो हुने ब्यक्तिहरूको नाममा पुरोहित वा खेगी (पच्यू, क्याल्प्रि र लम) हरूबाट पुजा गरि छेकबार गर्ने प्रचलन छ। परिवार भित्र पनि घरको मुख्य ब्यक्तिद्वारा अथवा बाबा आमाले रिप धागो बनाई सपरिवारलाई लगाई दिने र स्याई स्याई गर्ने चलन छ। तमुहरूको यो मौलिक चाडमा केहि धार्मिक पक्ष्य अन्तरनिहित भएता पनि यस दिनमा नाचगान गर्ने, मिठो मिठो खाने र उत्सवको साथ रमाईलो गर्ने प्रथा बढि भएको हुनाले यस चाड लाई तमुहरूको धार्मिक भन्दा साँस्कृतिक चाडको रुपमा हेर्न सकिन्छ। बि. सं. २०६२/६३ सालको जनआन्दोलन पश्चात नेपालमा संघियता र जातिय मुद्दाहरू प्रबल र ससक्त भए पछि आफनो पहिचानलाई स्थापित गराउन आदिबासि जनजातिहरू आफनो मौलिक चाडलाई अघाडि सार्ने क्रममा ल्होसार शब्दको सुरुवात भएको अनुमान गर्न सकिन्छ। बि. सं. २०५८ साल माघ २५ गते (7 February 2002) नेपाल सरकारले आदिबासि जनजाति उत्थान राष्टिृया प्रतिष्ठान आदिबासि जनजातिको ५९ ओटा जनजातिहरू भित्र तमु लाई सुचिकृत गरिएको थियो भने बि. सं. २०६४ साल फागुन २५ गते (8 March 2008) तमु ल्होसार लाई नेपाल अधिराज्य भित्र सरकारी बिदाको रुपमा घोषणा गरिएको थियो। त्यहि समयदेखि काठमाडौं को टुडिखेलमा तमुहरू भब्य रुपमा ल्होसार मान्ने प्रचलन रहदै आएको अनुमान गर्न सकिन्छ। जुन सुकै कुरालाई स्थापित गर्न जति कठिन हुन्छ त्यो भन्दा गाह्रो यसलाई संरक्षण दिनलाई हुन्छ। ल्होसार तमुहरूको महान चाड तथा महत्वपूर्ण दिन भएको हुनाले यसलाई सहि तरिका र बिबाद रहित ढंगले संरक्षण र संबर्धन गर्नु र यसको महत्वलाई सुरक्षित ढंगले भाबी पिलाई हस्तान्तरण गर्नु हरेक तमुको कर्तब्य हुन्छ। तमुहरू संसारका अन्य देशहरूमा पनि बासोबास गर्दै आएको हुनाले ति देशहरूमा पनि ल्होसार मान्ने चलन पाईन्छ। ति देशहरू मध्ये बेलायत एक हो जहाँ धेरै संख्यामा तमु समुदायको बासोबास पाईन्छ। साथै ल्होसार लाई अन्य देशमा पनि आधिकारिकता दिने क्रम सुरु हुन लागेको पाईन्छ जुन म्यानमारमा हुन गई रहेको अनुमान गर्न सकिन्छ। तर समयको परिवर्तन सँगै तमु ल्होसारलाई अन्य कुराहरूले प्रभाव पारेको पाईन्छ। बिषेश गरेर तमु लगायत नेपालीहरू पश्चिमि संस्कृतिमा प्रभावित भएको कारण हाम्रो संस्कार र संस्कृति ओझेलमा पर्न सक्ने अनुमान गर्न सकिन्छ। तमु ल्होसार बिस्वको कुल जनसंख्याको एक तिहाइ जनसंख्याले मान्ने क्रिस्टमस र तिन तिहाइ जनसंख्याले मान्ने ग्रेगोरियन क्यालेन्डरको नयाँ बर्ष १ जनवरी को अवधिमा पर्दछ। संसारमा सरकारी तबरले ग्रेगोरियन क्यालेन्डरलाई प्रयोगमा नल्याएको राष्ट्र्हरू इरान, साउदि अरेबिया, अफगानिस्तान र इथियोपिया मध्ये नेपाल एक हो। आजको र भोलि आउने पिढिले सहि सोच लिएर तमुको यस महान तथा पबित्र चाडलाई सहि ढंगले मनाउन आवश्यक देखिन्छ र यसको निरन्तरताको लागि ल्होसारको दिनमा नै मनाउन सकेमा आम तमु जातिको पहिचानमा दुर्बलता आउने छैन साथै फरक फरक दिनमा यसलाई मनाउनाले ल्होसार कहिले हो भनेर प्रश्न उठि राख्ने अवस्था नरहोस र हाम्रा अग्रजहरूको अथक प्रयास पोखरीमा दुधको थोपा खसाले साबित नहोस।