विकिपिडिया:विकि सम्मेलन भारत २०११

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकि कन्फरेन्स इन्डिया २०११ भारतमा आयोजना गरीएको यसप्रकारको पहिलो कार्यक्रम हो । यसलाई राष्ट्रिय रूपमा प्रत्येक वर्ष आयोजना गर्ने मनसायले विकिमीडिया फाउन्डेसन,भारत र विकिमीडिया कोष,भारतले संयुक्त रूपमा आयोजना गरेका हुन् । यसमा विकिका विकसक्रमका चुनौतिहरू,सफल क्रियाकलापहरू र प्रयोगकर्ताका महत्वपूर्ण सिकाइहरू बाड्ने वातावरण सिर्जना गरीएको थियो । यो सम्मेलन सम्पूर्ण मुलुकका सहभागीहरूलाई खुला गरीए पनि मुख्य रूपमा भारतीय विकिका बारेमा नै केन्द्रित रहेको थियो ।

नेपाली विकिपिडियाले विकि विकि सम्मेलन भारतमा २०११ भागलिनुको कारण[सम्पादन गर्नुहोस्]

  • नेपाली भाषा भारतमा संवैधानिक रूपमा मान्यता प्राप्त राष्ट्रिय भाषाहरू मध्येको एउटा हो।
  • सिक्किम र पश्चिम बङ्गाल राज्यहरूको सरकारी भाषा हो।
  • भारतमा नेपाली मूलका नेपाली भाषी भारतीयको संख्या उल्लेखनीय रहनु, साहित्य, संगीत, कला र विकिपिडियामा पनि भारतीय नेपालीहरूको योगदान रहनु।
  • नेपाली भाषा र यस क्षेत्रमा बोलिने भाषा, संस्कृति, परम्परा, चाढहरू एउटै हुनु।
  • नेपाली विकि र अन्य दक्षिण एसियाली विकिको विकासक्रम , प्राविधिक कठिनाई र अन्य विभिन्न पाटाहरू समान रहनु।
  • विकिपिडिया देश, भाषा, जात-जाति, धर्म अनि र कुनै पनि भेदभावदेखि माथिको कुरा हो र खुल्ला ज्ञानको विश्वकोष हो।

नेपाली विकिपिडियाले प्रस्तुत गरेको आफ्ना क्रियाकलापहरू[सम्पादन गर्नुहोस्]

  • यस वर्षमा प्राप्त लेख र सक्रिय प्रयोगकर्ताको संख्यामा भएको ३००%को बृद्धि
  • राजेश जी द्वारा विकास गरिएको विकि अनुवादक
  • ट्रान्सलेट विकि ट्रान्सलेसन -यालीमा नेपाली भाषा ६टौँ धेरै अनुवादित भाषा
  • नेपाली विकिथोनको आयोजना
  • विकिमीडिया फाउन्डेसन नेपालको स्थापना कार्य प्रगति
  • नेपाली विकिले "Nepal Conference on improving research infrastructures with social media" सम्मेलनमा गरेको आफ्नो प्रस्तुती