"पिसाको ढल्किएको स्तम्भ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Krish Dulal ले पिजाको कीर्तिस्तम्भ मा पुनर्निर्देश नछोडि त्यसलाई पिसाको ढल्किएको स्तम्भ मा सारेको हो
(कुनै भिन्नता छैन)

०६:३७, १४ मे २०२० जस्तै गरी पुनरावलोकन

पिजाको ढल्केको कीर्तिस्तम्भ
प्राथमिक विवरण
स्थान:इटाली
निर्देशाङ्क४३°४३′२३″उ॰ १०°२३′४७.१०″पू॰ / ४३.७२३०६°N १०.३९६४१६७°E / 43.72306; 10.3964167निर्देशाङ्कहरू: ४३°४३′२३″उ॰ १०°२३′४७.१०″पू॰ / ४३.७२३०६°N १०.३९६४१६७°E / 43.72306; 10.3964167
सम्बन्धनरोमन क्याथोलिक
जिल्लाटुसकानी
प्रदेशपिजा
देशइटाली
सांस्कृतिक वा संगठनात्मक स्थितिखुला
वेबसाइटwww.opapisa.it
वास्तुकला विवरण
वास्तुकलाबोनानो पिसानो
शिलान्यास११७३
निर्माण सम्पन्न१३७२
विशेष विवरण
उचाइ (अधिकतम)५५.८६ मिटर (१८३.३ फिट)
निर्माण सामग्रीचुनढुङ्गा तथा ढुङ्गा

पिजाको ढल्केको कीर्तिस्तम्भ इटालीको पिजामा अवस्थित तथा विश्वका सात आश्चर्यहरूको सूचीमा पर्न सफल एक धरहरा हो। इटलीमा पिजाको ढल्केको कीर्तिस्तम्भ वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ । आफ्नो निर्माण पश्चात यो धरहरा लगातार तल तिर ढल्किदै गएको छ जसको काराण यसलाई विश्व भरमा प्रसिद्ध गरेको छ । यसै कारण यसको खतरा पनि बढ्दै गएको र यो ढल्ने सम्भावना पनि रहेको छ।

परियोजना

पछिल्लो दस बर्ष देखि एउटा विशेष परियोजाना आयोजना गरिएको छ जसको उद्देश्य यस टावरलाई स्थायित्व दिनु हो । यसै परियोजनाको परिणामस्वरूप टावरको उत्तर तर्फ रहेको जमीनबाट ७० टन माटो खनियो जसले गर्दा यस टावरलाई सिधा गर्न सकियोस । जब यो काम पुरा भयो त्यति खेर हेर्दा यो टावर लगातार सीधा रहेको देखिन्छ । सात बर्ष पछी अब यो टावर ४८ सेंटीमीटर सीधा भएको छ । इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रुपले स्थिर रहेको छ । वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरुलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो । कामदारहरुले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो । पछी टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो । जसबाट यो थाहा पाइयो को अब यो लेनिंग टावर अफ पिसा ढल्किन रोकिएको छ । यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय बर्ष सम्म यो टावर स्थिर नै रहन्छ ।

विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिसा आउने गर्छन । केहि बर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो । पुन: ११ बर्ष सम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो । यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० बर्ष लागेको थियो ।[१]

चित्र दीर्घा


सन्दर्भ सूची

बाह्य लिङ्कहरू