विश्वविमोहन श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वविमोहन श्रेष्ठ साहित्यकार हुनुहुन्छ। उहाँको जन्म २०१३, वैशाख १६ गते तेह्रथुमको म्याङलुङमा भएको हो। उहाँका पिताको नाम चन्द्रमान र माताको नाम मङ्गलादेवी हो। उहाँहरू तीन भाइ जन्मनुभएको हो। विश्वविमोहन कान्छो छोरा हो।
उहाँका प्रकाशित कृतिहरू : 'विश्वविमोहनका केही कविताहरू' (०४४), 'अङ्गारका धमिला धर्साहरू' (०६२), 'द हेजी लाईन अफ द कोल' (अङ्ग्रेजी कवितासङ्ग्रह, सन् २००५), 'एउटा गन्तव्यको खोजीमा' (०६२) हुन्। उहाँले केही कविता क्यासेटमा स्वर दिनुभएको छ भने केही तयार पार्न अगुवा भई काम गर्नुभएको छ। श्रेष्ठको पहिलो रचना विसं ०२६ तिर 'तीनजुरे' तेह्रथुम साहित्यिक पत्रिकामा दुइटा मुक्तक प्रकाशित थिए। उहाँले तीनजुरेबाहेक सोपान (सामयिक सङ्कलन, ०३१), स्पन्दन (साहित्यिक पत्रिका, ०३२), नवरत्न (साहित्यिक पत्रिका, ०३५) र सिर्जना (साहित्यिक पत्रिका, ०४०)को सम्पादन पनि गर्नुभएको छ।
उहाँ साहित्यिक पत्रकार संघको अध्यक्ष हुनुभयो। त्यसबाहेक विभिन्न साहित्यिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ। उहाँले ०४४को राष्ट्रिय युवावर्षमोती पुरस्कार, ०४४मा रत्नश्री स्वर्ण पदक, ०३२मा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा दोस्रा पुरस्कार आदि पाउनुभएको छ। साहित्यिक कार्यक्रमकै सिलसिलामा देशबाहिर पुग्नुभएको छ।