विश्व घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्व घटना (नेपाली: विश्व घटना) जसले विश्वमा घटेका घटनाहरू भन्ने बुझाउँछ। यो नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा प्रसारण हुने र दुर्गा नाथ शर्मा र कहिले काहीँ अरू कार्यक्रम सञ्चालकहरूले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम हो।

यस कार्यक्रममा विश्वभर घटेका विभिन्न घटनाहरूको झलकहरू समावेश गरिन्थ्यो। यस कार्यक्रम नेपाल टेलिभिजनको इतिहासमा यस प्रकारको पहिलो कार्यक्रम हो।

यस कार्यक्रमले "ह्वाइट बेड्डिङ्" गीतको संगीतलाई आफ्नो विषय शिर्ष धुनमा राखेको थियो जुन बिल्ली आइडलले सिर्जना गरेका थिए।