विश्व संस्कृत दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संंस्कृत भाषाको बस्तुगत महत्त्वलाई जन समक्ष पुर्‍याउन, संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न र वैदिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्यायन गर्ने प्रेरणा दिन हरेक वर्षको जनैपूर्णिमाका दिन "विश्व संस्कृत दिवस” मनाउने गरिएको छ। जरोकिलो प्रतिष्ठानले विक्रम संवत २०७५ श्रावण शुक्ल पुर्णिमाको दिन देखि "विश्व संस्कृत दिवस"का रूपमा मनाउन शुरु गरेको हो । ५००० वर्ष भन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको सुरूवाती दिननै श्रावण पूर्णिमाको दिन मानिन्छ। त्यसैअनुरूप यस दिनबाट नै वैदिक वेद पाठकको शुरूवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाईने थालिएको बताइन्छ।

विश्वको सर्वप्राचीन र सबैभन्दा समृद्ध भाषा नै संस्कृत हो। अहिले संसारमा बोलिने भाषाहरूमध्ये ९७% भाषामा संस्कृतको प्रभाव रहेको भाषाविद्ले स्वीकार गरेका छन् । विश्वको सबैभन्दा ठुलो अनुसन्धान केन्द नासा (NASA) का अनुसार विश्वको सबैभन्दा स्पष्ट र कम्युटरका लागि सबैभन्दा अनुकूल भाषा नै संस्कृत हो भनी प्रमाणित गरिसकेका छन् । संस्कृत नै अध्यात्म, दर्शन, ज्ञान-विज्ञान, इतिहास, कला, संस्कृति, साहित्य, वास्तुशास्त्र, योगशास्त्र, आयुर्वेद, खगोलशास्त्र, गणित, ज्योतिषशास्त्र आदिको स्रोत हो।

नेपालमा मनाउन शुरु गरिएको विश्व संस्कृत दिवसलाई नै भारतीय संस्कृत विश्वविद्यालयहरूले पनि संस्कृत दिवसको रूपमा मनाउन अनुरोध गरेको पाइएको छ ।