शठकोप अलवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शठकोप अलवार

शठकोप अलवार नम्मालवार श्रीवैष्णव संप्रदायका कुलपति र श्रीमन्नारायण भगवानप्रति भक्तिको पुनरुत्थानका मूल आचार्य नम्मालवारको अवतार कलियुगको ४३ वर्ष व्यतीत भए पछि अंग्रेजी क्यालेन्डरका अनुसार नम्मालवारको जन्म ईसापूर्व ३१०२ मा तथा प्रमाथी नामको संवत्सरमा, सूर्य वृष राशिमा हुदा वैशाख महिनामा विशाखा नक्षत्रमा तमिलनाडुको कुरुकापुरी ( आल्वार तिरुनगरी ) मा आविर्भाव भएको थियो। उहाँको बुबाको नाम करियार र आमाको नाम उडैयनांगैयार थियो। श्री शठकोप स्वामीजीको घरको नाम मारन थियो। जन्मदेखि नै यो अद्भुत बालकलाई देखेर उहाँका आमाबुवाले उहाँलाई गाउँकै मन्दिर श्री आदिनाथ भगवानको चरणमा समर्पण गरिदिनु भयो । जहाँ उहाँ जन्मदेखि १६ वर्षसम्म तित्तिरिकोको ठुलो टोड्कामा नै हुर्किनु भएको थियो । श्रीशठकोप स्वामीजीले श्रीमन्नारायण भगवानको विरहमा भक्तिरसपूर्ण पदहरू गाउनु भयो , जुन मधुरकवि आल्वारद्वारा सङ्कलन गरिएको थियो । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]