सामग्रीमा जानुहोस्

शतरूपा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शतरूपा संसारकी प्रथम स्त्री थिइन् यस्तो हिन्दू मान्यता छ। सुखसागरका अनुसार सृष्टिको वृद्धिका लागि ब्रह्मा जीले आफ्नो शरीरलाई दुइ भागहरूमा बाँड्नुभएको थियो जसको नाम 'का' र 'या' (काया) भए। उनै दुइ भागहरू मध्येको एकदेखि पुरुष तथा अर्का तिर बाट स्त्रीको उत्पत्ति भयो। पुरुषको नाम स्वायम्भुव मनु र स्त्रीको नाम शतरूपा भयो। यिनैं पुरुष र स्त्रीको प्रथम मैथुनी सृष्टि बाट उत्पन्न सन्तानहरूदेखि संसारका समस्त जनहरूको उत्पत्ति भयो। मनुको सन्तान हुनको कारण सबैलाई मानव भनिएको हो।