श्रवणबेलगोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रवणबेलगोला
समय क्षेत्र: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य कर्नाटक

निर्देशाङ्क: १२°५१′उत्तर ७६°२९′पूर्व / १२.८५° उत्तर ७६.४८° पूर्व / 12.85; 76.48 श्रवणवेलगोला (कन्नड : ಶ್ರವಣಬೆಳಗೊಳ) कर्नाटक राज्यको चन्नारायपटको हस्सन जिल्लामा स्थित एक शहर हो । यो राज्यको राजधानी बेङ्गलोर बाट १४४ कि. मी. टाढा रहेको छ । यो एक प्रसिद्ध जैन तीर्थस्थल हो । कन्नड़ मा 'वेल' को अर्थ श्वेत हुन्छ र 'गोल' को अर्थ सरोवर हुन्छ । शहर को मध्य भागमा एक सुन्दर श्वेत सरोवर का कारण यहाको नाम बेलगोला अथावा श्रवणबेलगोला रहेन् गरेको हो ।

चन्द्रागिरी मन्दिर कम्पलेक्सको पानारोमिक दृष्य

यो स्थान बिध्यागिरी र चन्द्रागिरी को मध्य भागमा अवसस्थित छ। बिध्यागिरी मा ७ तथा चन्द्रागिरी मा १४ जैन मंदिर रहेका छन्।[१]


स्थान[सम्पादन गर्ने]

श्रवणवेलगोला कर्नाटक राज्यको हस्सन जिल्लामा स्थित चन्नारयापन तालुकमा चन्नारायपटको दक्षिण-पूर्व देखि ११ कि. मी. दुरीमा स्थित छ । यो जिल्ला केन्द्र कर्नाटकको ५१ कि.मी. दक्षिण-पूर्व को दूरी मा रहेको छ । यो बंगलौर-मंगलोर रोड (एनएच ७५), हिरासेव देखि १८ किलोमिटर, हिलबिडबाट ७८ कि. मी, बेलूर देखि ८९ कि. मी., कर्नाटकको राजधानी बेंगलोर देखि १४४ कि. मी. र मंगलोर देखि २२२ कि .मी. दुरीमा अवस्थित रहेको छ ।

इतिहास[सम्पादन गर्ने]

एक पुरानो फोटोग्राफ (सि. १८९९)
श्रवणबेलगोला पोखरी

श्रवणबेलगोलामा चन्द्रागिरी र बिन्ध्यागिरि पहाड रहेका छन् । आचार्य भाद्रबाहु र तिनका शिष्यहरु यहाँ ध्यान गर्दथे भन्ने विश्वाश गरिन्छ ।[२][३]

शिलालेखहरू[सम्पादन गर्ने]

बसदी[सम्पादन गर्ने]

अकिना बसदी: यो सन् ११८१ मा बनाइएको थियो । अक्कना बसदीले २३औ तिर्थन्कारा पर्श्वानाथको मन्दिर मुख्य देवता को रूप मा रहेको छ । चन्द्रगुप्त बसदी: यो ९ औशताब्दीमा स्थापना गरिएको थियो । यो मन्दिरको बीच भागमा पार्श्वनाथको तस्बिर, पदममुथा को एक र दायाँतिर र कुशमन्डीको एक बसेको मुद्रामा रहेको छ । शान्तीनाथ बसदी: यो मन्दिर शान्तीनाथ को लागि समर्पित छ । यो लगभग १२०० ए. डी. वरपर निर्माण भएको हो । पार्वननाथ बसदी: बाहिरी सजाइएका पर्खालहरु संगै यो सुन्दर संरचना हो । पार्वननाथको तस्बिर त्यो पहाडमा सबैभन्दा अग्लो छ, जसको उचाई १८ फिट छ । मनिस्टेम्बा (स्तम्भ) सबै चार दिशामा मूर्तिकला गरिएको छ जुन दक्षिणमा पद्मवतीको संख्या, पूर्वमा याकेश, उत्तरमा कुशम्याण्डी र पश्चिममा गेलोपिंग घोडाहरू छन् । नभरंग मा स्तम्भहरू गोला गंगा प्रकारका रहेका छन् जुन घण्टी, भाँडा र चक्का मोल्डिंगहरू छन्।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Vir Sanghvi, "Rude Travel: Down The Sages", Hindustan Times 
  2. Sangave 2001, p. 204.
  3. S. Settar, Inviting Death: Historical experiments on sepulchral hill, Karnatak University, Dharwar, 1986

बाहरी लिङ्कहरू[सम्पादन गर्ने]