संयुक्त इजलास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संयुक्त इजलास भन्नाले दुइजना न्यायाधीशहरू रहेको इजलास लाई जनाउँछ। सर्बोच्च अदालत नियमावलीमा व्यवस्था भए अनुसार पुनरावेदन र साधक, संविधानको धारा ८८(२) अर्न्तर्गत परेका निवेदनहरू, पुनरावेदनको अनुमतिको लागि न्याय प्रशासन ऐन, २०४८ लागू हुनु भन्दा अघि परेका निवेदनहरू, मुद्दा दोहोर्‍याउनका लागि परेका निवेदनहरू, न्याय प्रशासन ऐन, २०४८को दफा १५ बमोजिम तल्लो अदालतबाट झिकाइएको मुद्दा र सार्वजनिक हक वा सरोकारको कानुनी प्रश्न वा अन्य कुनै विषयवस्तुको जटिलता र महत्त्वको विचार गरी प्रधान न्यायाधीशबाट संयुक्त इजलासमा पेश गर्ने गरी तोकिएको मुद्दाहरू संयुक्त इजलासबाट हेरिने व्यवस्था छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

सर्वोच्च अदालतको आधिकारीक वेबसाईट वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति