सन्तोषी श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्तोषी श्रेष्ठ
सन्तोषी श्रेष्ठ
व्यक्तिगत जानकारी
जन्म नामसन्तोषी
पुरा नामसन्तोषी श्रेष्ठ
राष्ट्रियतानेपाली
जन्मअगस्ट १
ज्वालामुखी,धादिङ
शिक्षास्नातक (जनस्वास्थ्य)
खेल
राष्ट्रनेपाल
खेलएथलेटिक्स
प्रतिस्पर्धा(हरू)१०००० मिटर दौड
टोलीनेपाल एथलेटिक्स टिम

सन्तोषी श्रेष्ठ एथलेटिक्स अन्तर्गतको दौड प्रतिस्पर्धाको नेपाली महिला खेलाडी हुन्। उनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन्। सन्तोषी श्रेष्ठले १३ औँ दक्षिण एसियाली खेलकुदमा महिलाको १०००० मिटर दौडमा एथलेटिक्समा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड दर्ता गरेकी छिन्। सन्तोषी श्रेष्ठ जनस्वास्थ्यको विद्दार्थी हुन् र उनी जनस्वास्थ्य सम्बन्धी अनुसन्धानमा काम गरेकी थिइन्। २०७४ मंसिरदेखि पुर्ण रूपले दक्षिण एसियाली खेलकुदको तयारीमा लागेकी थिइन। [१]

खेल जीवन[सम्पादन गर्नुहोस्]

सन्तोषी श्रेष्ठले १३ वर्षको उमेरमा दौडिन थालिन् र केही सडक दौडमा औपचारिक प्रशिक्षण बिना नै भाग लिएकी थिइन्। उनको औपचारिक प्रशिक्षण वि. सं.२०७२ मा सुरु भएको थियो। पूर्व ओलम्पियन र प्रशिक्षक रघुराज ओन्टाले श्रेष्ठलाई दरबार मार्गमा दौडमा भेट्टाए र धाविकालाई एथलेटिक्स टोलीमा सामेल हुन राजी गराए। सन्तोषीले अन्तर्राष्ट्रिय खेलको शुरुवात दक्षिण एसियाली खेलकुद सन् २०१९ को १० हजार मिटर दौडबाट गरेकी हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

‍‍

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]