सन्त रामपाल
सन्त रामपाल दास | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | रामपाल सिंह जतिन ८ सेप्टेम्बर १९५१ धनाना , पञ्जाब (हाल हरियाणा), भारत मा |
राष्ट्रियता | भारतीय |
पेशा | यथार्थ कबीर पन्थ समुदायको संस्थापक |
वेबसाइट | jagatgururampalji |
सन्त रामपाल दास (अङ्ग्रेजी :Rampalji) एक भारतीय आध्यात्मिक कबीर पन्थी गुरु तथा संन्त कबीर(कबीर्देव) लाई सर्व शक्तिवान भगवान(परमात्मा) तथा आराध्य देव सप्रमाण बताउनू हुन्छ । उहाँ सतलोक आश्रम को साथै कबीर परमेश्वर भक्ती मूक्ती ट्रष्ट को संस्थापक पनि हुनुहुन्छ जो उत्तर भारतीय राज्य हरियाणा को हिसार जिल्ला क्षेत्रमा अवस्थित छ ।
जीवन[सम्पादन गर्नुहोस्]
सन्त रामपाल जिको जन्म सोनीपत को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी हरियाणा सरकारको सिंचाई विभाग मा अभियंता (इन्जिनियर) बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।[१] तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिय शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानन्द जी, एक कबीर पन्थी गुरू,सँग मिल्नुभयो र उहाँले स्वामी रामदेवान्द जि ले भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो काल द्वारा फैलाएको माया जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।[१]
सन्त रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रन्थ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले आफ्नो गूरू स्वामि रामदेवानन्द जि महाराजले दिएको मन्त्र जाप गर्नुभयो र उहाँलाई आत्मिय शान्ति भएको महसुस हुनथाल्यो ।[१]
सन १९९३ मा उहाको गूरू स्वामि रामदेवानंन्द जि महाराज ले उहा लाई सतसंग गराउने र सन १९९४ मा स्वामी रामदेवानन्द जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "सन्त रामपाल दास" बन्नु भयो ।[१]
सन् १९९५ मा उहाँले अभियान्ता पदबाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।[१] र पछि करोथा गाउँमा सतलोक आश्रमको स्थापना गर्नुभयो ।