सन जु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन जू
सन जुको मूर्ति
जापानको युरिहामा, टोट्टोरिमा रहेको सन जुको मूर्ति
जन्म५४४ इसा पूर्व (परम्परागत
कि प्रदेश
मृत्यु४९६ इसा पूर्व (परम्परागत)
पेशासैन्य जनरल तथा रणनीतिज्ञ
अवधिबसन्त तथा शरद ऋतु अवधि
विषयसैन्य रणनीतिज्ञ
उल्लेखनीय कार्यहरूद आर्ट अफ वार

सन जु (/ˈsnˈdz/;[१] सन जी पनि भनिने) एक चिनियाँ जनरल, सैन्य रणनीतिकार र दार्शनिक जो पुरातन चीनको बसन्त तथा शरद ऋतु अवधिमा बस्दथे । सन जु द आर्ट अफ वारको लेखकको रूपमा स्थापित हुन्, यो एक व्यापक प्रभावशाली सैन् रणनीतिको कार्य जसले पश्चिमी र पूर्वि दर्शनलाई प्रभाव पारेको छ । उनको द आर्ट अफ वारको लेखक विरासत बाहेक उनलाई चिनिया तथा एसियाको परम्पराको एेतिहासिक पात्रको रूपमा समेत प्रसिद्ध थिए । उनको जन्मको नाम सन वु थियो र उनलाई परिवार भन्दा बाहिर शिष्टाचारले सबै चांगक्वेन भनेर चिन्ने गर्दथे । उनी पश्चिममा सन जुको नामबाट प्रसिद्ध छन् जसको सम्मानित  अर्थ गुरू सन भन्ने हुन्छ । 

सन जुको इतिहासको बारेमा अनिश्चति छ । सिमा क्युवेन तथा अन्य परम्परागत इतिहासकारहरूले उनलाई वु का राजा हेलुको मन्त्रीको रूपमा र उनको जीवनकाल ५४४-४९६ इसा पूर्व उल्लेख गरेका छन् । आधुनिक विद्वानहरूले उनको इतिहासलाई द आर्ट अफ वारमा उल्लेख भएको शैलि तथा युद्धशैलीको वर्णनको आधारमा स्विकारेका छन् ।[२] परम्परागत विवरणहरूमा उल्लेख भए अनुसार सन विनले सम्त सैन्य रणनीतिहरूमा सन्धीहरू लेखेका छन् जसको शिर्षक द आर्ट अफ वार राखिएका थिए । 

जीवन[सम्पादन गर्नुहोस्]

शानडोंग प्रान्तमा सन् १९७२ मा भेटिएको द आर्ट अफ वारको वासमा लेखिएको दस्तावेज, हाल शानडोंग सङ्ग्रहालयमा सुरक्षित साथ राखिएको

सन जुको जन्म स्थलको बारेमा पूरानो भेटिएको श्रोतबाट पत्ता लाग्न सकेको छैन् । बसन्त तथा शरद ऋतुको वर्णक्रम देखि लेखिएको इतिहास अनुसार सन जुको जन्म कि प्रान्तमा भएको उल्लेख गरिएको छ । [३] जबकि सिमा कियानको पछिल्लो इतिहासको वर्णनहरूमा सन जुलाई वु प्रान्तको वासिन्दा उल्लेख गरिएको छ । [४] यि दुबै श्रोतले सन जुको जन्म बसन्त तथा शरद ऋतु अवधिको अन्तिम तिर र उनी क्रियाशिल जनरल र रणनीतिज्ञ रहेको र वु प्रान्तका राजा हेलुको सेवामा कार्यरत रहेको स्विकारेका छन् । सन जुलाई उनको जितहरूले द आर्ट अफ वार लेख्न प्रेरित गरेका थियो । द आर्ट अफ वार सबैभन्दा बढि पढिएको सैन्य रणनीति सम्बन्धी पुस्तक हो । [५]

सन जुको बारेमा सबैभन्दा सिमा कियानको चर्चित कथामा सन जुको स्वभावलाई यसरी वर्णन गरिएको छः सन जुलाई नियुक्त गर्न भन्दा अघि वु का राजाले सन जुको सिपहरूलाई जाँच गर्नको लागि उनले दरवारमा रहेको १८० महिलाहरूलाई सैनिकको तालिम गर्नको लागि आदेश दिएका थिए । सन जुले ती महिलाहरूलाई दुई समूहमा विभाजन गरे र सो मध्ये राजाको सबैभन्दा मन पर्ने २ जना महिलाई उक्त समूहको कमाण्डरको रूपमा नियुक्त गरे । जब सन जुले ती महिलाहरूलाई अनुहार दाँया गर्न आदेश दिए, तिनी हासे । यसको जवाफमा उनले भने जनरल यो अवस्थामा उनी सैनिकहरूले जनरलको आदेश बुझेको छ भने निश्चित गर्ने जिम्मेवारी जनरलको हुन्छ । त्यस पश्चात उनले आदेश पुन दोहोर्याए र फेरी ती महिलाहरू हासे । सन जुले त्यस पश्चात राजाका मन पर्ने दुई महिलालाई राजाको आदेशाज्ञा नमानेकोले मार्ने आदेश दिए । सन जुले व्याख्या गरे कि जब जनरलले भनेको आदेश सैनिकले बुझे पछि आदेशको पालना नहुनु भने अधिकृतको गल्ति हो । सन जुले भनेका थिए जब जनरललाई नियुक्त गरिन्छ, राजाले विरोध गरेता पनि उनको उद्देश्य पूरा गर्नु उसको जिम्मेवारी हुन्छ । जस दुई महिलाहरू मारिए, तिनको सट्टा नयाँ अधिकृतहरूको छनौट गरियो । त्यस पश्चात दुवै समूहले गल्तिको मूल्यलाई बुझे र विना कुनै गल्ति अभ्यास पूरा गरे । [६]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sun Tzu".
  2. The Seven Military Classics of Ancient China, २००७। .
  3. Script error: The function "harvard_citation_no_bracket" does not exist..
  4. Script error: The function "harvard_citation_no_bracket" does not exist..
  5. Script error: The function "harvard_citation_no_bracket" does not exist..
  6. Script error: The function "harvard_citation_no_bracket" does not exist..