समान अवसर
Jump to navigation
Jump to search
समान अवसरको परिभाषा र अर्थमा निकै असहमति छ। व्यापक रूपमा समान अवसरको अर्थ यस्तो एक सामाजिक वातावरण हो जसमा शिक्षा, रोजगारी (जीविकोपार्जन), स्वास्थ्य सुविधाहरू आदिको प्राप्तिमा व्यक्तिलाई व्यक्तिले प्रयास गर्दा पनि परिवर्तन गर्न नसक्ने गुणहरूको (immutable traits/ अपर्याप्त गुणहरू) आधारमा भेदभाव नगरी प्रदान गरिन्छ ।
समान अवसरको सिर्जना र कार्यान्वयनका लागि सरकार र संस्थाहरूले विभिन्न उपायहरू लिन्छन्। समान अवसर प्रदायकहरूले निम्न कुराहरूको आधारमा भेदभाव गर्दैन -
- लैङ्गिकता (Sex)
- जाति (race)
- वैवाहिक स्थिति
- क्यारियरको जिम्मेवारी
- असक्तता
- उमेर
- राजनीतिक झुकाव (political conviction)
- धार्मिक विश्वास (religious belief)
धेरै व्यक्तिहरू " समानताको सिद्धान्त केवल एक मिथक हो" भन्ने विचार राख्छन् , जबकि समान अवसरको सिद्धान्त व्यावहारिक धरातलमा उतार्न सकिन्छ र यो अधिक उपयोगी छ। समान अवसर नीतिको लक्ष्य संस्थामा विविधता (diversity) सुनिश्चित गर्नु हो।