सरोगेसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरोगेसीद्वारा आफ्नो बच्चाको जन्ममा उपस्थित एक जोडी।

सरोगेसी (कोख भाडामा दिने) कानुनी रुपमा बाँधिएको एउटा समझोैता हो। जहाँ एक महिला (कोख भाडामा दिने आमा) र अन्य ब्यक्तिहरू बीच भएको सम्झोैता अनुरुप बच्चा जन्माउन राजी हुन्छन्, बच्चाको जन्म भइसकेपछि उक्त बच्चाप्रतिको उनको दायित्व समाप्त हुन्छ । विभिन्न कारणले मानिसहरूले यो तरिकाको प्रयोग गरेर बच्चा जन्माउने गर्छन्। कसैको पाठेघरमा वा अन्य शारिरिक कारणले बच्चा जन्माउन नसक्ने अवस्था, अथवा एक पुरुष जोडीले या महिला जोडीले बच्चा जन्माउने चाहना राख्दा वा यस्तै कुनै अवस्थामा मानिसहरूले सरोगेसीको मद्दत लिन्छन् वा व्यवस्था खोज्छन्। सरोगेसी विभिन्न प्रजनन प्रविधिहरूद्वारा सम्पन्न गरिन्छ।

कसैले शुल्क लिएर वा नलिएर पनि सरोगेसीबाट बच्चा जन्माउन तैयार हुन्छ। भाडामा कोख दिनु पनि एउटा व्यापार नै मान्नु पर्छ। संसारभरि यस सम्बन्धी नियममा फरकपन पाइन्छ। यो प्रक्रियाबाट बच्चा जन्म दिनु कतिपय देशमा कानुन सम्मत छ भने कतिपय देशमा यो गैरकानुनी छ। नेपालमा यो गैर कानुनी हो।[१]

बच्चा जन्म दिने महिलाले आफ्नै अण्डको प्रयोग गरेर गर्भ बोक्ने एउटा तरिका हो भने अर्को तरिकामा बाहिरबाट शुक्राणु र डिम्ब ती महिलामा प्रत्यारोपण गरिन्छ।

समस्या[सम्पादन गर्नुहोस्]

प्राय गरेर सरोगेसीमा कुनै समस्या आएको देखिदैन तर सन २०१४ मा थाइल्यान्डमा भएको ग्यामी भन्ने बच्चाको घटनाले विश्वमा हलचल ल्याएको थियो। जुम्ल्या बच्चामध्ये रोगी बच्चालाई स्विकार नगरेर स्वस्थ्य बच्चालाई मात्र अस्ट्रेलिया लगेका थिए। यसले एउटा तरंग ल्याएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालमा सरोगेसी (भाडाको कोख) सेवा निषेधित छ", नेपालस्थित अमेरिकी दूतावास  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]