सामग्रीमा जानुहोस्

सानु कुमार श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सानु कुमार श्रेष्ठ नेपाली राजनीतिज्ञ हुन् जसले प्रथम बागमती प्रदेश सभाको सभामुखको रूपमा २०७४ माघ २७ देखि २०७९ असोज २६ सम्म सेवा गरेका थिए।[][] उक्त सभामुख पदका लागि अन्य कुनै पनि व्यक्तिले उम्मेदवारी दर्ता नगरेकाले उनी निर्विरोध निर्वाचित भएका थिए।[] उनी २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उम्मेदवारको रूपमा काठमाडौं क्षेत्र नं. २ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका थिए।[] उनी ८,९३६ मत प्राप्त गरी निर्वाचित भएका थिए। यस क्रममा उनले नेपाली कांग्रेसका लोकेश ढकाललाई पराजित गरेका थिए, जसले ५,७५८ मत प्राप्त गरेका थिए।[]

सानु कुमार श्रेष्ठ
१औ बागमती प्रदेश सभाका सभामुख

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-१२-१८ 
  2. "पूर्व पदाधिकारीहरू", provincialassembly.bagamati.gov.np, अन्तिम पहुँच २०२५-१२-१८ 
  3. "सभामुखमा सानु श्रेष्ठ निर्विरोध", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-१८ 
  4. Provincial Assembly, Bagamati Province, "प्रदेश सभाका सदस्य", provincialassembly.bagamati.gov.np (npमा), अन्तिम पहुँच २०२५-१२-१८ 
  5. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२५-१२-१८