साहु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साहु (अङ्ग्रेजी: Creditor) भन्नाले दोश्रो पक्षसँग रकम लिन बाँकी रहेको व्यक्ति वा संस्थालाई जनाउँदछ । कुनै पनि व्यावसायिक उधारो कारोबारमा पहिलो पक्षले दोश्रो पक्षलाई भविष्यमा भुक्तानी गर्ने शर्तमा सामान वा सेवा उपलब्ध गराउने गर्दछ ।[१] यस्तो वयावसायिक कारोबारमा दोश्रो पक्षलाई आसामी भनिन्छ भने पहिलो पक्षलाई साहु भनेर चिनिन्छ ।

साहुलाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो सुरक्षित साहु तथा दोश्रो असुरक्षित साहु ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]